माल्टा/ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् क्षेत्रिय संयोजकको सिफारिसमा माल्टाका भुवन अर्याल युरोप क्षेत्रिय सचिवमा मनोनीत भएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बिधान २००३ (संसोधन २०२२ सहित) को परिच्छेद ६ को धारा १९ (क) अनुसार क्षेत्रिय संयोजकको सिफारिसमा क्षेत्रिय पदाधिकारीहरु वा सदस्यहरु मध्येबाट एक जना सदस्य सचिव मनोनयन गर्ने ब्यबस्था अनुसार माल्टाका आईसीसी सदस्य अर्याललाई नियुक्त गरिएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रीय संयोजक डा. चिरन्जिवी खड्काद्वारा जारी नियुक्ति पत्रमा जनाइएको छ ।
संस्थाको बिधानलाई सर्वोपरि मान्दै गैरआवासीय नेपाली आन्दोलनमा बिगतमा पुर्याइएको अतुलनिय योगदानको कदर र आगामी दिनमा समेत संस्थाको हितलाई यहांको अनुभवले अझै उचाईमा पुर्याउने बिश्वासको साथ अर्याललाई नियुक्त गरिएको पत्रमा उल्लेख छ ।(नियुक्ति पत्र सहित )