माल्टाको फगुराबाट सम्पर्कविहीन भएका २९ वर्षीय प्रकाश राई पुनः सम्पर्कमा आएका छन्। किरात राई यायोक्खा माल्टाले शुक्रबार साँझ ६ बजे राई सम्पर्कमा आएको जानकारी दिएको हो।

संस्थाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत बुधबार साँझ ५ बजेदेखि सम्पर्कविहीन भएका राईको अवस्थाबारे परिवार, आफन्त तथा साथीभाइ चिन्तित बनेका थिए। उनको अवस्था र सुरक्षालाई ध्यानमा राख्दै प्रहरीमा रिपोर्टसमेत गरिएको थियो।
राई पुनः सम्पर्कमा आएपछि उनको खोजीमा सहयोग गर्ने माल्टा प्रहरी, आफन्त, साथीभाइ तथा शुभचिन्तकप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।



