माल्टा , जनवरी ७
.अशिम लोप्चन तामाङ
तामाङ समाज माल्टाले फ्रेबुअरि १० मा सोनाम ल्होछार साथै बृहत् सास्कृतिक कार्यक्रम गर्ने भएको छ । माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा अध्यक्ष सुनिल तामाङ ले अपिल गरेका छन कला सस्कृती प्रबर्द्धन भेषभुषालाई आफू जहाँ रहे पनि पर्बलाई देशव्यापी मौलिकतालाई जहिल्यै एकीकृत गर्ने सबैमा आपसि सद्भाव गर्ने लगायत माल्टा तथा गोजोबासी सम्पूर्णमा आफ्नो कला प्रतिभालाई कार्यक्रममा प्रस्तुति दिन नाम सहित टिपाउन सास्कृतिक बिभाग प्रमुख छिरिङ लामा र प्रचारप्रसार बिभाग प्रमुख रबिन तामाङले माल्टा नेपाल अनलाईनलाई जानकारी गराए ।साथै उक्त ल्होछार कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा म्हेन्दोमाया चर्चित गायक पुस्प वाईबा र एनएमबी व्यान्ड ,एनएसएम ब्यान्डले भरपुर मनोरञ्जन दिइनेछ।



