माल्टा, २६ सेप्टेम्बर
माल्टा नेपाल अनलाइन / नेपाली समाज माल्टाको आज सम्पन्न दोस्रो महाधिवेशनबाट अध्यक्षमा सूर्यबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुदीप बिक, उपाध्यक्षमा गौरब तिवारी, महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ, युवा उपाध्यक्षमा अनिल लामा, महासचिवमा अरुण थेबे लिम्बु, सचिवमा सुदीप पाण्डे र कोषाध्यक्षमा रोशन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी, कार्यसमिति सदस्यमा सबिता भट्टराई कार्की, अशोक भुषाल, सन्जित यादव र रणबहादुर थिङ निर्विरोध चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले माल्टामा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। साथै, नेपाली समुदायका हकहितका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने, समुदायका सदस्यहरूबीच आपसी सहयोग बढाउने तथा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



