पोर्चुगलमा हुँदै आएको सेफको काम अबदेखि एआईएमएबाट हुने

Share:

 

माल्टा नेपाल सम्बाददाता

अक्टोबर- २९

पोर्चुगल । युरोपको पोर्चुगलमा आप्रावासीका मुद्धा हेर्दै आएको फरेनर्स एण्ड बोर्डर्स सर्भिस सेफको कामकाजहरु आजबाट एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमबाट हुने भएको छ ।सेफको  बाँकी रहेका कामहरु अब एआईएमएले  सेपको वेबसाइट समेत परिवर्तन  गरि सुरु गरिसकेको छ ।

सेफ खारेज हुनुअघि तीन लाख बसोबास अनुमति निर्णय हुन बाँकी रहेको छ । अब नयाँ निकाय गठन भएसँगै पेन्डिङमा रहेका काम छिटोछिटो हुने जनाइएको छ । पोर्चुगलमा बसोबासका लागि नेपाल लगाएत विभिन्न देशका २ लाख ९२ हजार आवेदन पेन्डिङमा छन् । एक वर्षअघिको मिती नै प्रक्रियामा आउन सकेको छैन ।

सेफको सापा अनलाइन पोर्टलमा दैनिक एक हजार जना विदेशी नागरिकले पोर्चुगलमा बसोबास गर्न सेफ लक गर्ने गर्छन् । यस वर्ष सेफले ३ लाख ६ हजार विदेशीलाई नयाँ आवास अनुमतिहरू जारी गरेको सेफका निर्देशक पाउलो बटिस्टाले जानकारी दिएका छन् । उनले अथक प्रयास गरेर धेरै नयाँ आवास अनुमतिहरु जारी  गरिएको केही दिनअघि बताएका हुन् । सेफका अनुसार सेप्टेम्बरसम्म १० लाख विदेशीले यहाँको आवास अनुमति लिएका छन् । स्रोत र साधानले भ्याएसम्म विदेशीलाई आप्रवासी परिचय पत्र दिइएको उनको भनाई छ।

नेपालीहरु करिब ६० हजारको हाराहारीमा रहेको नेपालीहरु बताउँछन् तर  पोर्चुगलमा कति बसोबास गर्छन् भन्ने एकिन भने छैन । तथ्याङ्क अनुसार पोर्चुगलमा सबैभन्दा बढी प्रतिनिधित्व गर्ने विदेशी समुदाय ब्राजिलियन छन्। चार लाख ७ सय ५९ ब्राजिलियन हुँदा दोस्रोमा युक्रेनी पर्छन् । ७७ हजार ६ सय ८० र युनाइटेड किंगडम ५६ हजार ९ सय २१, अंगोला ५५ हजार ९८३, केप भर्डे ५४ हजार ३३५,भारत ४७ हजार ५५८ र इटाली ३९ हजार ९१४ छन् ।

 

Share:

सम्बन्धित समाचारहरू