अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाको अधिवेशन सम्पन्न : अध्यक्षमा ध्रुर्व पाण्डे चयन

Share:

माल्टा नेपाल अनलाइन / अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाकोे अधिवेशन सोमबार सम्पन्न भएको छ । माल्टाको बुजिब्बामा सम्पन्न भएका अधिवेशनले अध्यक्षमा ध्रुर्व पाण्डेलाई सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा सुन्दर घिमिरे, उपाध्यक्षमा .क्रमशः टंक लामा, उदयचन्द अधिकारी, सुमन बुढा मगर, महासचिवमा श्याम भण्डारी, कोषाध्यक्षमा एकराज पोख्रेल, सह-काेषाध्यक्षमा नरेश गुरुङ, सचिवमा दुर्गा खत्री र सह–सचिवमा राकेश थापा सर्वसम्मत चयन भएका छन् ।

संस्थाको कार्यसमिति सदस्यमा क्रमशः यामप्रसाद न्युरे, समश बुढाथोकी, सागर तामाङ श्रीकृष्ण लामिछाने, सरोज हुमागाई, मान बहादुर खत्री, कुलप्रसाद भण्डारी, प्रशुराम अधिकारी, रबी अर्याल, बेदराज खरेल, बसन्त खत्री, भेष बहादुर राना, सुरेन्द्रराज दास, सुरज राई, चेतबहादुर रोका, बिष्ण्ु पाण्डे, शिव महत, नारायण गिरी अनिश गजमेर चयन भएका छन् ।

अधिवेशनले अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका संस्थापक अध्यक्ष बासुदेव भुसाललाई संयोजक र राजु अर्याल बाबुलाई सह–संयोजकमा सर्वसम्मत रुपमा चयन गरेको छ । अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका वरिष्ठ सल्लाहकार एवम् अन्तराष्ट्रिय सेफ सोसाइटीका केन्द्रिय सूचना तथा संचार विभाग प्रमख धनराज वि.क. (अविरल) लाई अधिवेशनले मानार्थ सदस्य प्रदान गर्नका लागि केन्द्रमा सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

अधिवेशनले फुड डेप्लोमेन्ट विभागका लागि भेष बहादुर राना, चेत बहादुर राना र सागर तामाङलाई चयन गरेको छ । अधिवेशनले महासचिव सुन्दर घिमिरेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष एकराज पोख्रेलले तयार पारेको प्रगति प्रतिवेदन, राहत तथा उद्धार विभाग संयोजक ध्रुर्व पाण्डेले तयार पारेको प्रतिवेदन, फुडडेप्लोमेन्टका संयोजक समिश बुढाथोकी र सांस्कृतिक विभाग प्रमुख यमप्रसाद न्युरेले तयार पारेको सांस्कृतिक प्रतिवेदन अनुमोदन गरेको छ ।

निर्वाचन समितिका संयोजक धनराज विक अविरलले सर्वसम्मत रुपमा अधिवेशनबाट कार्यसमिति चयन भएको बताएका छन् । नयाँ चयन भएको कार्यसमितिलाई संस्थाका संस्थापक अध्यक्ष एवम् निवर्तमान अध्यक्ष बासुदेव भुसालले बधाई तथा शुभकामना दिदै पद हस्तान्तरण गरेका थिए ।

भुसालले विधान वमोजिम संस्थालाई सबैपक्ष संग समन्वय र सहकार्य गर्दै काम गर्नुपर्ने बताएका थिए । संस्थाका संस्थापक वरिष्ठ उपाध्यक्ष एवम् निवर्तमान उपाध्यक्ष राजु अर्याल बाबुले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै संस्थाको हीतमा सधै अग्रसर भएर कामगर्ने बताएका थिए ।

नयाँ कार्यसमितिलाई अध्यक्ष भुसाल र उपाध्यक्ष अर्यालले अबिर र खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । अधिवेशनबाट चयन भएका अध्यक्ष पाण्डेले अघिल्लो कार्यसमितिले देखेको सपना पूरागर्ने गरी सबैको सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै संस्थाको हीतमा विधान अनुसार कामगर्ने बताएका थिए ।

अधिवेशनमा एनआरएनए माल्टाका महासचिव विरोजंग पाण्डे, मगर समाज माल्टाका महासचिव भरत पाइजा मगर, तमु समाज माल्टाका अध्यक्ष एसवि गरुङ र लोक सांस्कृतिक मंच माल्टाका कोषाध्यक्ष राजन चापागाईले शुभकामना मन्तव्य राखेका थिए ।

 

Share:

सम्बन्धित समाचारहरू