ग्रिसको एथेन्समा नेपाली नयाँ वर्ष मनाइने, सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक–गायिका सहभागी हुने

Share:

माल्टा नेपाल अनलाइन

नेपाली नयाँ वर्ष २०८२ को अवसरमा गोर्खाली वेलफेर एण्ड ईन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा ग्रिसको एथेन्समा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका चर्चित गायक पशुपति शर्मा र लोकप्रिय गायिका रमिला न्यौपानेको विशेष सांगीतिक प्रस्तुति समेत रहेको छ। उक्त कार्यक्रम २०७९ वैशाख ६ गते, साँझ ७:०० बजे, काराईसकाकि, एथेन्स (मेताशोरगियो स्टेशन नजिकै) स्थित स्थानमा हुनेछ।

कार्यक्रमको प्रवेश शुल्क २० युरो निर्धारण गरिएको छ। साथै, सहभागीमध्ये ५० जना दर्शकले आकर्षक उपहार जित्ने मौका पाउनेछन्।

विदेशी भूमिमा नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै आपसी एकता र सद्भाव बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

ग्रिसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थिति कार्यक्रमको सफलताका लागि आवश्यक रहेको भन्दै आयोजक गोर्खाली वेलफेर एण्ड ईन्टरटेन्मेन्ट ग्रुपले सहभागिताको लागि सम्पुर्ण नेपालीहरुलाई अनुरोध समेत गरेको छ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सम्पर्क नम्बर ६५५१०५२१६५ मा सम्पर्क गर्न सकिने आयोजक संस्थाले जानकारी दिएका छन् ।

Share:

सम्बन्धित समाचारहरू