माल्टा नेपाल अनलाइन / अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले नेपाली नयाँ वर्ष भान्से धमाका सिजन १ मनाउने भएको छ । चैत्र ३० गते अप्रिल १३ तारीखका दिन मनाउन लागेको नेपाली नयाँ वर्षमा चर्चित गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुती रहने अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले जानकारी दिएका छन् ।
माल्टामा शानदारका साथ उत्कृष्ट कार्यक्रम आयोजना गरेर आप्रवासी नेपालीको मन जित्न सफल भएको सेफ सोसाइटी माल्टाले नेपाली नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको भान्से धमाका १ सिजन कार्यक्रम सफलपार्न सबै नेपालीहरु एकतावद्ध भएर लागेका छन् ।
सबैले रुचाएका लोकप्रिय गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुती हेरेर मनोरन्जन लिनका लागि रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीहरु यतिबेला प्रतिक्षाको बाटो कुरेर बसेका छन् । कार्यक्रमलाई सभ्य तरिकाले आयोजना गर्नको लागि सबैले सेफ सोसाइटी माल्टासँंग सहकार्य गरेर सहयोग गरि रहेको अध्यक्ष भुसालले बताए ।
नयाँ वर्षको अवसरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । माल्टाको बुजिब्बामा रहेको टोपाज होटेलमा हुने सांगीतिक कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सेफ सोसाइटी माल्टाका वरिष्ठ उपाध्यक्ष बाबु अर्यालले धन्यवाद् दिदै नयाँ वर्ष मनाउनको लागि सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
संस्थाका केन्द्रीय साँस्कृतिक विभागका प्रमुख सागर तामाङले माल्टामा हुने भान्से धमाका १ सिजन कार्यक्रममा देखाउने साँस्कृतिक प्रस्तुतीको तयारी गर्ने काम भइरहेको बताए । भान्से धमाका १ सिजन कार्यक्रमका संयोजक एमप्रसाद न्युरेले गायक अर्जुन सापकोटा आउने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । संस्थाका महासचिव सुन्दर घिमिरेले माल्टामा रहेका विभिन्न संघसंस्था र सामाजिक व्यक्तिहरुलाई कार्यक्रममा आउनको लागि अनुरोध गरेका छन् । गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुती हेरेर मनोरन्जन लिनका लागि सहयोग स्वरुप १५ युरोको टिकटको व्यवस्था गरिएको घिमिरेले बताए ।
कार्यक्रममा नेपाली खानाका स्वादिष्ट परिकार समेत पस्कने संस्थाका केन्द्रीय फुड डेप्लाेमेन्टका संयोजक समिश बुढाथोकीले बताएका छन् ।



