रकम हिनामिना गरेको आरोपमा एनआरएनए माल्टाद्वारा उपमहासचिव भण्डारीलाई निलम्बित

Share:

जनवरी,८
माल्टा/गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले उपमहासचिव राम प्रसाद भण्डारीलाई रकम हिनामिना गरेको आरोपमा निलम्बित गरेको छ । लामो समय देखि विभिन्न पेशा व्यबसायी एवम् सामाजिक अभियान्ताहरुको आर्थिक हिनामिना गरेको भन्दै एनआरएनए माल्टाले बिज्ञप्ति जारी गर्दै निलम्बन गरेको हो ।

रोजगारीका लागी माल्टा ल्याइदिने सर्तमा व्यक्तिहरुबाट रकम लिएको र विभिन्न बहाना बनाउदै रकम फिर्ता नदिएको आरोप सामाजिक सन्जालमा पोस्ट नै आएको थियो ।
उपमहासचिव भण्डारीलाई दिनानुदिन आर्थिक अनियमितता भएपछि पछिल्लो पटक टिकटक फेसबुक सामाजिक सन्जालमा धेरै नै प्रकाशित भएपछी एनसिसी माल्टाले पटकपटक जानकारी गराउदै आएको र व्यक्तिले गर्दा संस्था बदमान हुन हुदैन भन्दै एनआरएनए माल्टाले यस्तो गतिविधि गरेको जो सुकैलाई पनि कानुनी दायरामा ल्याउने जानकारी दिएको छ । (गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले उपमहासचिव राम प्रसाद भण्डारीलाई निलम्बित गरेको बिज्ञप्ति सहित )

Share:

सम्बन्धित समाचारहरू