हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट छैन : प्रधानमन्त्री

Share:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन अपिल गरेका छन् ।  । लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठुलो चुनौती रहेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।

हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘ हाम्रासामु अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध, राष्ट्र निर्माणका पक्षमा राष्ट्रिय एकताको भावनालगायतका चुनौती छन्। तर हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्यौँ भने हरेक अवरोध छिचोल्न सक्छौँ। यही तथ्यलाई आत्मसात् गर्दै सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ।’

Share:

सम्बन्धित समाचारहरू