काजाब्लांका क्यासेल्लो ।
तामाङ समाज बेल्जियमले रमणिय शहर ब्रुजमा आयोजना गरेको “२८६० सोनाम ल्होछार डूक ल्हो (मु पुख्री ल्हो) भब्य रूपमा सम्पन्न भयो ।
कार्यक्रमलाई भव्यसंग सम्पन्न गर्न खाना तथा हल ब्यबस्थापन झोरमान वाईबा, अजय गुरुङ, मेघा तामाङ, ज्योति घिसिङ,महिन्दो वाईबाले गर्नु भएको थियो ।
ब्रुजबासि तामाङ दाजुभाई तथा दिदिबहिनीहरु, मोलङको लागि लामागुरु पाल्जोर दोङ ज्यू, मनमोहक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिनुहुने कलाकार बहिनी कमला तामाङ, छोरीहरू ईना लामा, प्रतिता बल तामाङ , प्रथम लामा ,प्रवेश लामा, लिलीयम थापा, याना वाईबा, जेनिसा गुरुङ, स्मारिका सुब्बा, दिपशिखा सुब्बा, सुरक्षा आले, ईशु श्रेष्ठ, बीशका कंडेल र शिवजानी आले तथा सास्कृतिक कार्यक्रमलाई उलास्मय बनाउन सहयोग गर्रेका थिए ।
चिरपरिचित स्थानीय अथिती
कलाकार लाहुरे कान्छा (अर्जुन) र पोर्तुगलबाट आउनुभएको अथिती सेलो गायक पद्मा लामा साथै आर्थिक सहयोग प्रदान गर्ने सबैलाई तामांग समाज बेल्जियमले धन्यबाद दिएको छ ।
कार्यक्रममा बेल्जियमका राजदुत गेहेन्द्र राजभण्डारी ,एनआरएन बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल , नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम उपाध्यक्ष मुना राई तमु समाज बेल्जियम अध्यक्ष होम गुरुङ , किराँत राई सोसाइटी बेल्जियम प्रतिनिधी भबेन्द्र राई, तमुधिं बेल्जियमका अध्यक्ष संगीता गुरुङ, सिक्लेश पार्चे कल्याण कोष अध्यक्ष ओम प्रकाश गुरुङ , ईनास अध्यक्ष बिनीता रिमाल , सन्तोष न्युपाने नेपाल पत्रकार महासंघ बेल्जियम, प्रतिनिधिहरु एभरेष्ट नेपाली समाज ,किराँत याक्थुम चुम्लुङ उपाध्यक्ष पेमावती लिम्बु, जन प्रगतिशिल मन्च उपाध्यक्ष मनिष गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी रामेश कंडेल, काभ्रेपलाञ्चोक सहायता समिति मोहन राउत, अन्तर्राष्ट्रिय काभ्रे सहायता समिति शान्ती भट्टराई लगायत अतिथीहरू रहनु भएको थियो ।
बाबजुद अमुल्य समय दिऐर सहभागी भई कार्यक्रम तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामाको सभापतित्व सन्चालन महासचिब चन्द्र ब्लोन तथा सचिब महिन्दो वाईबाले सबैलाई स्वागत गरेका थिए ।



