माल्टामा सम्पन्न एनएमफसि कपको उपाधि झापा फुटबल क्लबले जितेको छ । एनएमफसी फुटबल क्लबको आयोजनामा बुजिबा स्थित साईरेन्स स्टेडियम ग्राउन्डमा भएको खेलमा झापाले आयोजक एनएमएफसी फुटबल क्बललाई १ शून्यले पारजित गर्दै उपाधि चुमेको हो । झापाले यसअघि ४ पटक उपाधि जितेको थियो ।
माल्टामा रहेका नेपालीहरुले खेल प्रवद्र्धन गर्न खोलेको क्लबहरुबीच वर्षेनी प्रतिस्पर्धा हुने गरेको छ । विजेता झापाले २ हजार २ सय, उपविजेता एनएमफसिले१ हजार १ सय युरो जितेका छन् । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई एनएमफसि क्लबका अध्यक्ष राजेन्द्र बिस्टले टर्फी तथा पुरस्कार हस्तान्तरण गरेका थिए । यस्तै उत्कृष्ट खेलाडी एनएमफसी क्लबका उत्कृष्ट गोलकिपर अनमोल तामाङ उत्कृष्ट गोलकर्ता मिलन घले ,बिजेता झापा एफसिका उत्कृष्ट खेलाडी सुबिन याक्का ,उत्कृष्ट डिफेन्डर प्रमोद चौधरी रहेको थियो।
प्रतियोगितामा १२ टिम सहभागि थिए ।
साथै गोल नेपाल अनलाईनले प्रत्येक्ष लाईभ मार्फत साथ दिएका थिए खेलप्रेमी दर्शक लगायत माल्टामा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाका पदाधिकारी, प्रतिनिधिहरुको सहभागिता रहेको थिए।