कोलम्बियामा नेशनल लिबरेसन आर्मी इएलएनको आक्रमणमा परी ६० जनाको मृत्यु

Share:

कोलम्बियामा भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा नेशनल लिबरेसन आर्मी इएलएन विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ।

कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी ईएलएनका लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया फार्स का विद्रोहीहरूविरुद्ध उत्रेका थिए ।

पछिल्लो पटक भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरुले शनिबार बताएका हुन् ।

प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन्।

कोलीम्बयामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो। ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फोसँग पनि भिडन्त भएको थियो, जुन देशको सबैभन्दा ठूलो ‘कोकिनको कारोकार ९ओसारपसार०’ गर्ने समूह हो।

सैन्य कमाण्डर जनरल लुइस एमिलियो कार्डोजोले शनिबार भने, “देशको क्याटाटुम्बो क्षेत्रमा निकै नाजुक अवस्था छ।”

उनले एक्समा सेनाद्वारा प्रकाशित एक भिडियोमा भनेका छन्, “ईएलएन र फार्क विद्रोहीबीचको युद्धविरामको ‘उल्लङ्घन’ ले “सर्वसाधारणमा व्यापक असर छ।”

उनले भने, “उनीहरुले स्थानीय निहत्था नागरिकलाई घरबाट निकालेर दयनीय तरिकाले हत्या गरेका छन्, सबै मानव अधिकारको उल्लङ्घन गरेका छन्। यो क्षेत्रलाई स्थिर बनाउने राष्ट्रिय सेनाको रूपमा हामीमा निर्भर छ,” कार्डोजोले यस क्षेत्रमा तैनाथ सयौं सैनिकहरूलाई सम्बोधन गर्दै भने।

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए।

ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो श्रृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेको थियो। :एजेन्सी

Share:

सम्बन्धित समाचारहरू