माल्टा नेपाल अनलाइन डेस्क
लोकप्रिय नेपाली गायक तथा मोडल दुर्गेश थापा आगामी डिसेम्बर २६ मा माल्टामा आफ्नो सांगीतिक प्रस्तुति दिन आउने भएका छन्।
नेपाली समाज माल्टाको आयोजनामा नक्सारस्थित अर्या कम्प्लेक्समा भव्य लाइभ शो आयोजना गरिएको आयोजकले माल्टा नेपाल अनलाइनलाई जनाए। कार्यक्रम साँझ ७ बजेदेखि सुरु भइ बिहान ४ बजेसम्म सञ्चालन हुनेछ। उक्त कार्यक्रममा माल्टामा रहेका स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने समजले विभिन्न समाजिक संजाल मार्फत समेत जानकारी गराएका छन् ।
नेपाली समाज माल्टाका अध्यक्ष ज्ञानबहादुर लामाले कार्यक्रमले संस्थाको आर्थिक सबलीकरणमा महत्वपूर्ण योगदान पुर्याने उल्लेख गर्दै भने “हामी सबै नेपालीको साथ र माया नै हाम्रो शक्ति हो। यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र होइन, नेपाली समाज माल्टालाई आर्थिक रूपमा स्वावलम्बी बनाउने दिशामा ठूलो कदम हुनेछ भन्ने हाम्रो विश्वास छ।”
उनका अनुसार विगतमा साना–साना आवश्यकताका लागि बारम्बार सहयोग अभियान सञ्चालन गर्नुपर्ने अवस्था आए पनि, अब संस्थालाई दिगो र सक्षम बनाउन यस्तो ठूलो कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो।
समाजले माल्टामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रमप्रति साथ र समर्थन जनाइदिन आग्रह गरेको छ। साथै, सबै माल्टा बासी नेपालीहरुलाई कार्यक्रम सफल बनाउन सहयोह गर्न अनुरोध गरिएको छ।
कार्यक्रमका लागि टिकटको मुल्य सामान्य ३० युरो र भि आइ पिको ६० युरो रहेको छ भने माल्टामा रहेका नेपाली रेस्टुरेन्ट, किराना पसल तथा संस्थाका सदस्यहरूबाट प्राप्त गर्न सकिने छ। साथै, टिकट अनलाइनमार्फत पनि उपलब्ध रहेको छ, जसका लागि पोस्टरमा राखिएको QR कोड स्क्यान गर्न सकिने तथा यस लिंक बाट पनि खरिद गर्न सकिने जानकारी समाजले दिएको छ।



