माल्टामा रहेका नेपालीले अफ्रिम थिएटरमा एकैसाथ टिका लगाउने, दशैको रौनक थप्न सांगितिक कार्यक्रम

Share:

माल्टामा रहेका नेपालीहरुले एकैठाउँमा बसेर दशै मनाउने भएका छन् । नेपाली समाज माल्टाले माल्टामा रहेका नेपालीहरु मिलेर दशै मनाउने गरि कार्यक्रम गर्न लागेको छ । समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजबिक्रम खड्काले यही अक्टोबर २४ (कार्तिक ७) मा जिरास्थित अफ्रिम थिएटरमा दशै विशेष कार्यक्रम हुने बताए ।

उनका अनुसार टिका तथा आशिर्वाद ग्रहण कार्यक्रम विहान ११ बजे देखि सुरु हुनेछ । पण्डीत मोहनप्रसाद बराल (शास्त्री) मार्फत टिका लगाइदिने कार्यक्रम हुनेछ । दिउसो ३ बजेसम्म टिका, जमरा लगाउने कार्यक्रम हुनेछ । दिउसो ३ बजेदेखि सांगितिक कार्यक्रम हुनेछ । प्रवेश शुल्क निःशुल्क रहेको छ ।

समाजका युवा उपाध्यक्ष ज्ञानबहादुर लामाले साँगितिक प्रस्तुती दिन युवाहरुले १ महिनादेखि अभ्यास गरिरहेको बताए । दशैको दिन प्रतिभा उजागर गर्ने दिनका रुपमा भव्य कार्यक्रम हुने बताए । नेपालीज सोसाइटी व्याण्ड, नेपाल माल्टा व्याण्ड लगायतको प्रस्तुती रहनेछ । नेपाली मौलिक भेषभुषा, भाकामा गायन, नृत्यहरु हुनेछन् । दशैमा कसैको निधार खाली नहोस् भनेर कार्यक्रम गर्न लागिएको संयोजक खड्काले बताए ।

Share:

सम्बन्धित समाचारहरू