माल्टामा सडक दुर्घटनामा परी घाइते भएकी नेपालकी गौरी बरालको उपचारकै क्रममा निधन

Share:

माल्टा / माल्टामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपालकी गौरी कुमारी बरालको उपचारकै क्रममा निधन भएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ३ घर भएकी करिब २४ वर्षीय बरालको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा सन् २०२२ मा उनी माल्टामा आएकी थिइन् । जनवरी ५ तारिखका दिन माल्टाको फागुरा भन्ने ठाउँमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी बरालको टाउकोमा गम्भीर चोट लागेको थियो । माल्टाको मार्टर देइ अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताललाई उद्धित गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका उपाध्यक्ष सत्य नारायण झाले जानकारी दिएका छन् ।

झाले भने,“ सडक दुर्घटनामा घाइते भएपछि एनआरएनए माल्टा नियमित डाक्टरको सम्पर्कमा रहेर स्वास्थ्य अवस्था बुझ्ने काम गरी रहेका थियौ । डाक्टरले बरालको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिदै रक्तचाप एक्कासी घट्ने र बढ्ने समस्या भइ रहेको बताएका थिए । शनिबार टाउकाको अप्रेसन गरीसके पछि उनको निधन भएको झा बताउँछन् ।

शनिबार राती नै आफूले गौरी काम गर्ने कम्पनीको आधिकारिक मान्छेलाई फोन गरी अस्पतालमा बोलाएको थिए र उनी पनि राती नै अस्पताल आएको उनले बताए । बरालको आर्थिक अवस्था धेरै कमजोर रहेकोले नेपाल शव पठाउन मृतकको परिवार सँग एनआरएनए माल्टाले सल्लाह गरी रहेको छ । शव नेपाल पठाउनका लागि राहत संकलन गर्ने काम भइ रहेकोले सबैलाई शोकको समयमा मानवीय सहयोग गर्न झाले अनुरोध समेत गरेका छन् ।

बराललाई ठक्कर दिने गाडी र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने बराल सँगै सडक दुर्घटनामा घाइते भएकी अर्की पोखरा घर भएकी करिब ३२ वर्षिय उर्मिला कार्कीको उपचार भइ रहेको र उनको अवस्था समान्य रहेको झाले जानकारी दिएका छन् ।

 

 

Share:

सम्बन्धित समाचारहरू