बाढी प्रभावितको उद्धार र पुनःस्थापनाका लागि सहयोग गर्न सरकारको अपिल

Share:

माल्टा नेपाल अनलाइन /रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बुधबार बिहान ८ः४० बजे नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायतका नदी तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको छ।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना तथा बसोबासको व्यवस्था मिलाउनुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, संघ–संस्था, व्यवसायी तथा दातृ निकायलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ।
सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै आधिकारिक बैंक खाता विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
हिमालयन बैंक लिमिटेड (अमेरिकी डलर खाता): ०१२०५६३१२१००४६
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड: ०१०१३२४३८०१ / ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक: ११३०१००००३७६२००१ / ११३०१००००००००६००६
एभरेष्ट बैंक लिमिटेड: ००१००१०५२००२७० / ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड: ००२११६००५१००३९०००००३ / ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लिमिटेड: ००४०१०१०००००५७ / ००४११०१००००००५
नबिल बैंक: १७१००१७५०५२८५
कृषि विकास बैंक लिमिटेड: ०१००२०१००२९०७०१४
प्रधानमन्त्री राहत कोष
राष्ट्रिय वाणिज्य बैंक: १४३०१००००००२५००६ / १४३०१००००११६४००१
सरकारले इच्छुक दाता, व्यक्ति, संघ–संस्था, व्यवसायी तथा सहयोगी निकायलाई माथि उल्लेखित आधिकारिक बैंक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ।
साथै, विपद्को नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न र आधिकारिक माध्यमबाहेक अन्यत्र सहयोग रकम नदिन सरकारले आग्रह गरेको छ। विपद्को संवेदनशील अवस्थालाई प्रयोग गरी व्यक्तिगत वा अनधिकृत रूपमा रकम संकलन गर्ने कार्यप्रति सचेत रहनसमेत अनुरोध गरिएको छ।
विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपाली, संघ–संस्था, व्यवसायी तथा दातृ निकायले आ–आफ्नो क्षमताअनुसार सहयोग गरी हातेमालो गर्न सरकारले अपिल गरेको छ।
सरकारले सहयोग गर्न चाहने सबैलाई आधिकारिक बैंक खातामार्फत मात्र सहयोग रकम जम्मा गरी प्रभावित नागरिकको उद्धार, राहत पुनःस्थापनामा योगदान पुर्‍याउन आग्रह गरेको छ।

Share:

सम्बन्धित समाचारहरू