भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य : प्रमुख रेनु दाहाल

Share:

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
लक्की मिडिया हाउस चितवनले भरतपुर गरेको अवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरेपनि समग्र रुपमा हामी सबैको साझा कार्यक्रम रहेको प्रष्ट पार्नुभयो ।
‘भ्रमण वर्षको प्रचारप्रसारमा कलाकारको भूमिका महत्वपूर्ण हुन्छ,उहाँले भन्नुभयो,‘भ्रमण वर्षबारे कलाकारले बोल्दा प्रभाव राम्रो पर्छ । कलाकारले यो अभियानलाई आफ्नै अभियानका रुपमा लिन आग्रह गर्छु ।’ कलाकार भनेको राष्ट्र गहना हुन्, यो गर्वको विषय भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भरतपुर भ्रमण वर्ष २०२४ लाई थोरै बोल्दै पनि धेरै प्रचार हुने प्रमुख दाहालले बताउनुभयो ।
भरतपुरमा अयोजना भएको लक्की फिल्मी अवार्डले अग्रज कलाकारलाई तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरेकोमा प्रमुख दाहालले खुसी व्यक्त गर्नुभयो ।
भरतपुरमा निर्माणधीन देशकै सबैभन्दा ठुलो सभागृह (सिटी) मा एकै पटक ३ हजार जना बस्न मिल्ने  हलमा यस्ता अवार्ड कार्यक्रमहरु अर्को वर्षसम्म सञ्चालन गर्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा कलाकार निर शाहको विषेश उपस्थिति रहेको थियो भने कलाकार हरिवशं आचार्य, आर्यान सिग्देश, संगितकार आन्नद कार्की, गायक डेबिट शंकर, गायिका साईमा श्रेष्ठ, नायिका वर्षा राउतलगायत चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

Share:

सम्बन्धित समाचारहरू