माल्टामा पहिलो एनएमएफसी भेट्रान कपसँगै नेपथ्य कन्सर्टको टिकट सार्वजनिक हुँदै

Share:

माल्टा नेपाल अनलाइन सम्बाददाता

माल्टामा नेपाली समुदायले अब एकै दिन दुई ऐतिहासिक क्षणको साक्षी बन्ने अवसर पाएको छ। शनिबार, ७ जुन २०२५ का दिन बेलुका ५ बजे माल्टाको मोष्टा स्थित  फुटबल ग्राउन्डमा पहिलोपटक आयोजना हुन लागेको एनएमएफसी भेट्रान कप २०२५ र त्यससँगै हुने नेपथ्यको ‘लाइभ इन माल्टा’ कन्सर्ट टिकट प्रकाशन कार्यक्रमले खेल र  संस्कृतिको अनुपम संयोजन प्रस्तुत गर्न लागेको एन एम एफसीका अध्यक्ष राजेन्द्र बिष्टले जानकारी दिएका छन् ।उनका अनुसार ” खेलमा जोश, संगीतमा होश यसै दिन हुने हुँदा  नेपाली संगीतका पर्याय बनिसकेको लोकप्रिय ब्यान्ड “नेपथ्य” को आगामी ‘लाइभ इन माल्टा’ कन्सर्ट यहि २७ अगस्टका लागी  टिकटहरूको औपचारिक प्रकाशन गरिनेछ।” दर्शकहरूले भौतिक तथा अनलाइन टिकटहरू किन्न सक्नेछन्।

नेपाल माल्टा फुटबल क्लब  (एनएमएफसी) को आयोजनामा हुन लागेको भेट्रान कपमा ३३ वर्षभन्दा माथिका नेपालीहरू सहभागी हुन पाउनेछन्, जसले यसअघि माल्टामा कुनै पनि एनएमएफसी ७-ए साइड खेल नखेलेको हुनुपर्नेछ यदि उक्त दाबेदार खेलाडी पुष्टि भए स्वत आयोजक संयोजकको निर्देशनमा निश्कासन हुनेछन् । नेपाली नागरिकहरुले भाग लिन पाउनेछन् । भने  प्रतियोगिता साँझ ५:३० बजेदेखि सुरु हुने अध्यक्ष बिष्टले बताए। भेट्रान कपमा ३३ वर्षभन्दा माथिका नेपालीहरू सहभागी टिमहरुले १५० युरो  दर्ता शुल्क तिर्नुपर्नेछ। विजेता टिमले ३०० नगद युरो, शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई पनि शिल्ड र प्रमाणपत्र प्रदान गरिने  कार्यक्रम संयोजक बिधान कार्कीले जनाए।

आयोजका अनुसार , “खेलले शरीरलाई चलायमान बनाउँछ भने संगीतले आत्मालाई जगेर्ना गर्छ। एकै दिन यी दुई क्षेत्रको संयोजनले नेपाली समुदायलाई अझ बलियो एकताको सूत्रमा बाँध्नेछ।” खेलकुद र सांगीतिक ऊर्जा एकै ठाउँमा मिसिने यो दिन नेपाली समुदायको लागि स्मरणीय क्षण हुने आयोजकहरूको अपेक्षा छ।
सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई राष्ट्रिय एकता, समुदायको गौरव र संस्कृतिको जगेर्ना गर्न आयोजक टिमले माल्टामा रहेका सम्पुर्ण संघ-संस्थाहरु लगाएत माल्टा तथा गोजोबासी नेपालीहरुलाई आमन्त्रण गरिएको आयोजकले माल्टा नेपाल अनलाइनलाई जानकारी गराएका छन् ।

Share:

सम्बन्धित समाचारहरू