माल्टामा एक नेपालीको सडक दुर्घटनामा निधन

Share:

माल्टा नेपाल अनलाइन डेस्क
माल्टाको बिर्किकारामा आइतबार बिहान भएको सडक दुर्घटनामा ४२ वर्षीय एक पुन थर भएका नेपाली पुरुषको मृत्यु भएको छ।

माल्टा प्रहरीका अनुसार बिहान करिब ५:२० बजे त्रिक साल्भु प्साइला सडकमा एक कार र मृतकले चलाएको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि कार तीनवटा पार्किङमा रहेका अन्य गाडीमा ठोक्किएको बताइएको छ।

नेपाल म्यादी जिल्ला घरभइ हाल रोजगारीको सिलसिलामा बिर्किकारानै बस्दै आएका ४२ बर्षिय पुन थर भएका उनी माल्टामा फूड डेलिभरी पेशामा कार्यरत रहेका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका अध्यक्ष सत्यनारायण झाले जानकारी दिए।

माल्टामा नेपाली समुदायहरु यस्ता घटनाले गहिरो शोकमा परेको उल्लेख गर्दै छिट्टै  मृतकको परिवारलाई जानकारी गराइ आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी गरिने एनआरएनए माल्टाका अध्यक्ष झाले बताएका छन् ।

Share:

सम्बन्धित समाचारहरू