विगत डेढ दशकदेखी एनआरएनए अभियानमा सक्रिय रहेका बुद्धि सागर सुवेदी आगामी कार्यकालमा महासचिवमा उमेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिवका उमेदवार सुवेदीले चुनावी अभियान सक्रिय बनाएका छन् । उनको सक्रियता र कामको मुल्याङ्कनको आधारमा उनी बलियो दावेदार मानिएका छन् । अमेरिकामा सफल ब्यवसायीको रुपमा परिचित सुवेदी सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो उमेदवारी रहेको बताएका छन् ।
यसअघि एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा उनले थुप्रै काम गरेका छन् । कोभिडको बेला उनले अमेरिकाबाट स्वास्थ्य सामाग्री नेपाल पठाएका थिए । उनले एनआरएनए अमेकिराको आफ्नै भवनमा कार्यालय स्थापना गरेका छन् । सरल र मिजासिला स्वभावका सुवेदी एनआरएनए मार्फत बसै नेपालीलाई जोड्ने बताएका छन् । आप्रवासी नेपालीहरुको छाता संगठन बुद्धिसागर सुवेदीले महासचिवमा उमेदवारी घोषणा गरेर तयारी तिब्र पारेका छन् । आगामी वर्ष २०२३–२५ को कार्यकालका लागी एजेण्डा सहित उमेदवारी घोषणा गरेका हुन् ।उनी विभिन्न देशमा पुगेर एजेण्डा र प्रतिवद्धता प्रस्तुत गरेका छन् । एनआरएनएहरूको सुझाव संकलन गर्दै विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाट तिब्र पारेका छन् । वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गराउन , महिला, युवा लगायत दोश्रो पुस्तालाई श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन ।
गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिलाई पारदर्शि बनाउँदै सचिवालय सञ्चालन गर्ने प्रतिवद्धता गरेका छन् । अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शी गराउने भनेका छन् । गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागी आफू पूर्ण प्रतिबद्ध रहेको बताँदै आफनो टोलीलाई निर्वाचन गराउन आग्रह गरेका छन् । अक्टोबर १७ देखी सुरु हुने महाधिवेशनमा सुवेदी महेश कुमार श्रेष्ठको प्यानलबाट महासचिवका उमेदवार हुन् । २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुदै, एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए ।
‘एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेको छु , ’ सुवेदीले भने , ‘ एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छु । संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोध गराउने भनेर महासचिवको उमेदवारी दिन लागेको हुँ । ’ चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए । अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । अमेरिकामा दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन । सुवेदीले भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन।