सुदूरपश्चिममा सरकारले खेतीयोग्य बाँझो जग्गामा खेती गर्न अनुदान दिने

Share:

नोभेम्बर -२५
सुदूरपश्चिम प्रदेश सरकारले बाँझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न चाहने किसानलाई जग्गाको भाडामा अनुदान दिने भएको छ।
कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माका अनुसार जग्गा नभएका वा कम जग्गा भएका विपन्न परिवारलाई लक्षित गरेर यो कार्यक्रम कार्यान्वयन हुनेछ ।
बाँझो रहेको जग्गामा खेती गर्न चाहनेलाई तोकिएको वार्षिक भाडा रकममा अनुदान दिन लागिएको हो ।

हाललाई व्यक्तिगत बाँझो जग्गा नभई बाँझो रहेको सरकारी र सार्वजनिक जग्गामा यो कार्यक्रम कैलाली सहित प्रदेशका सबै जिल्लामा कार्यान्वयन हुन लागेको छ । शर्माले भने, “पहिलो वर्षका लागि तोकिने जग्गाको भाडा रकममा विपन्न किसानको हकमा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ, विपन्नबाहेक अन्यको हकमा तोकिने भाडा रकमको ५० प्रतिशत भाडा रकम अनुदान दिने व्यवस्था छ ।”

जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्नेले पहिलो वर्ष पाउने अनुदान रकम दोस्रो वर्षदेखि क्रमशःघट्दै जाने बताइएको छ । समुदाय, कृषि सहकारी, व्यक्ति, फर्म, उद्यमीले यो कार्यक्रममा सहभागी हुन पाउने छन्। खेतीयोग्य जमिन सरकारी मातहतमा  कति छ भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन ।

प्रदेशमा यसवर्ष वसन्ते मकैखेतीको क्षेत्र विस्तार गर्न लागिएको छ । दाना उद्योगका लागि आवश्यक पर्ने भारतबाट आयात घटाउँन र कृषकको आम्दानी वृद्धि गर्न बसन्ते मकैखेती अभियान नै चलाएर  गर्न लागिएको छ।

कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको वसन्ते मकैखेती कार्यक्रममा किसानलाई चाहिने आवश्यक बस्तु  स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले पनि यस कार्यक्रम गर्न लागिएको कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताउँछन् । “यसबाट
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा गरी झण्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा बर्खे खेती गरिएको कृषि निर्देशनालयले जनाए।

कैलालीमा गत बर्ष बर्षे र वसन्ते गरी जम्मा ६ हजार १ सय ८१ हेक्टर क्षेत्रफल जमिनमा मकै खेति भएको थियो भने, १३ हजार ५ सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । कैलालीमा प्रतिहेक्टर जमिनमा तीन देखि ४ माट्रिकटन मकै उब्जनी हुने गरेको छ । कैलालीको मकै उत्पादकत्व २ दशमलव १९ मेट्रिकटन रहेको छ ।

Share:

सम्बन्धित समाचारहरू