एनआरएनए माल्टाको २०२५–२०२७ कार्यकालका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक

Share:

माल्टा नेपाल अनलाइन डेस्क

माल्टा/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) माल्टाको २०२५–२०२७ कार्यकालका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको  छ ।  प्रारम्भिकमतदाता नामावली यस लिंक मा गएर पनि हेर्न सकिने एनआरएनएएनसिसी माल्टाको निर्वाचन समितिले जानकारी  दिएको छ ।

निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै प्रारम्भिक मतदाता नामावलीमा दाबी तथा विरोध पेश गर्ने समयसीमा यही साउन ९ गते (जुलाई २५) दिउँसो ३:०० बजेसम्म कायम रहने जनाएको छ ।

नामावलीमा नाम समावेश गर्नुपर्ने, हटाउनुपर्ने वा अन्य कुनै प्रकारको दाबी वा विरोध पेश गर्न चाहने सदस्यहरूले निम्न दुई इमेल ठेगानामा आधिकारिक निवेदन पठाउनु पर्ने समितिले जनाएको छ ।
chief.ecmalta@nrna.org, realcarkey143@gmail.com

निर्वाचन समिति  संयोजकमा भुवन अर्यालले तोकिएको समयपछि प्राप्त हुने कुनै पनि दाबी वा विरोध मान्य नहुने बताएका छन ।

छोटो समयावधिमा सहयोग गर्ने सदस्यहरूप्रति आभार प्रकट गर्दै समितिले प्रारम्भिक नामावलीबाट कुनै कारणले छुट भएका सदस्यहरूले निराश नहुन आग्रह  साथै, आगामी कार्यसमितिले सम्बन्धित विषयमा आवश्यक प्रक्रिया अघि बढाउने विश्वास समितिले  व्यक्त गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू