प्रेस सेन्टर नेपाल प्रवास समितिको केन्द्रिय सदस्यमा कार्यकारी सम्पादक लोप्चन निर्विरोध चयन

Share:

फेब्रुअरी,२४

माल्टा/ भर्चुअल माध्यमबाट यहि फेब्रुअरी २४का दिन सम्पन्न भएको प्रेस सेन्टर नेपाल प्रवास केन्द्रिय समिति सदस्यमा माल्टा नेपाल अन्लाईनका कार्यकारी सम्पादक छेसाङ लोप्चन अशिम निर्विरोध चयन भएका छन् ।

त्यसैगरि अध्यक्षमा हरि नेपाली , जसमा बरिष्ठ उपाध्यक्ष केजिन राई, उपाध्यक्ष तिलक मल्ल, उपाध्यक्ष मनु श्रेष्ठ, महासचिव दिपक जिसी, सचिव दिल निशानी मगर, सचिव मेघराज सापकोटा, सचिव शान्ति बुढा र कोषाध्यक्ष महेश कुमार खाती रहेका छन् ।


त्यसैगरि सदस्यहरुमा अर्जुन दयाल, रमेश खड्का, नारायण बिष्ट, दिपक पुन मगर, नारायण विक, अटल परियार, ललिता मलाति, बेल बहादुर पुन, चन्द्र मोहरा, गणेश बुढा, कमल राउत, महेन्द्र खाडु, उषा बुचा मगर , दीपक विक, प्रयाग राज भट्ट, लक्ष्मण खनाल, सन्तोष क्षेत्री, पुर्ण बिक, चन्द्र गोतामे, युवराज कार्की, निमेष गिरी, प्रेम परियार, युबराज फुयाल, रबिचन्द्र भट्टराई, सरिता शर्मा, बिमला लिम्बु, इन्दिरा चाम्लिंग, कृष्ण तिवारी, बिनोद अधिकारी, कर्मा पहाडी शेर्पा, मनिष तमु , सन्दिप सुनार, विनोद ढकाल, जिपी लामिछाने, अर्जुन लामिछाने, दुर्गा गुरुङ मिलन, कृष्ण प्रसाद नेपाल, तारा मिलन छन्त्याल, बाबुराम सापकोटा र प्रतिक सिग्देल रहेका छन्।

कार्यक्रम नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भेलाको अध्यक्षता प्रवास प्रदेश समितिका संयोजक आरबी खड्काले गरेका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रवास समितिले प्रचारलाई भन्दा प्रवासमा रहेका नेपालीका समस्या उजागर गर्दै समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्य उद्देश्य हरेको बताइएको छ ।

Share:

सम्बन्धित समाचारहरू