नेपाली खानालाई युरोपमा चिनाउने र यस् फार्मत नेपालमा पर्यटनको प्रबर्धन गर्ने उद्यस्यले बेल्जियम नेपाली फुड फेस्टिबल सम्पन्न भएकोछ । बेल्जियममा ब्यवसाय गर्ने नेपालीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियले संयोजन गरेको फुड फेस्टिवल नेपाली राजदुताबास बेल्जियम,तथा बेल्जियम लगायतका संघ संस्थाहरुको सहकार्यमा भएको हो ।
नेपाली फुड फेस्टिवल को तेस्रो सस्करण मा २२००० भन्दा बडी मानिस हरुको सहभागिता रहेको थियो |
नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परीकार १४ वटा खानाका स्टलहरुले पाहुनाहरुलाई खानाको स्वाद चखाएका थिए ।
हस्तकलाका सामग्रीलाई युरोपियन बजार प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा स्टलहरुमा हस्तकलाका सामानहरु सजाइएको थियो ।
स्टलमा आएर चासो राख्ने विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा, मसलाबारे पनि जानकारी दिइएको व्यवसायी संघ बेल्जियम महासचिव जगदिश सापकोटाले जानकारी दिए ।
फुड फेस्टिवल समारोहको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।
उनले लुभेनमा १७० भन्दा बढी देशका मानिसहरु बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । मेयर रुद्वानीले नेपाल र नेपालीसँग को सम्बन्ध भविष्यमा अझ बलियो हुने विश्वाश ब्यक्त गरे ।
बेल्जियम र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृतिको पहिचान र नेपाली आत्मीयता बेल्जियमबासिले सधैं सम्झने गरेको बताए ।
राजदूत भण्डारीले भने, ‘फेस्टिवलमा खानाको अलवा नेपाली विभिन्न उत्पादनहरुको पनि प्रदर्शन गरिएको छ । यी कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छु।’
उनले १५ भन्दा बढी देशका राजदुतहरु, बेल्जियम सरकार र युरोपियन युनियनका अधिकारीहरुले पनि फेस्टिवलको अवलोकन गरेको र नेपाली खनाको स्वाद लिएको बताए।
युरोपियन युनियनका डेपुटी डाइरेक्टर पाउला पाम्पालोनी लगायतका पदाधिकारीहरु , बेल्जियम संसदका सदस्य एबम परराष्ट्र सम्बन्ध समितिका सभापती एल्स भान होस, लगायत बेल्जियममा कार्यरत बिभिन्न देशका राजदुतहरुका साथै स्थानीय बेल्जिक नागरिकहरुको ब्यापक सहभागिता थियो ।
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले नेपाली खाना र संस्क्रितीको प्रबर्धन गर्न नेबाबको प्रयास तारिफयोज्ञ छ भन्दै युरोपमा नेपाली संस्कृतिको पहिचानले नेपालको पर्यटन प्रबर्धनमा सहयोग पुछ भन्नु भयो ।
पाहुनाहरुलाई पञ्च कन्याहरुले स्वागत गरेका थिए, आयोजक संस्थाको तर्फबाट फेस्टिबल संयोजक एबम उपाध्यक्ष कासी दनै, अध्यक्ष चिरन कुमार खवास र राजदुत राजभन्डारीले मायाको चिनो प्रदान गरेका थियो ।
धेरै समय, मेहनत र लगानी गरेर सम्पन्न गरिएको यो महोत्सब ले नेपाल र बेल्जियम को कुटनीतिक तथा सामाजिक समन्ध अझ सुमधुर हुने तथा नेपाल को पर्यटन प्रबधन तथा नेपाली खाना को रुचि युरोप को बजार मा बढ्ने कुरा मा बिस्वस्थ रहेको कुरा नेपाली ब्यबसायी संघ बेल्जियम तथा नेपाली फुड फेस्टिवल का अध्यक्ष चिरन कुमार खवास ले बताउनु भयो |
फेस्टिबलमा नेपाली खानाको स्टल राखेर खाना सर्भिस गरेका संस्था एबम ब्यक्तिहरुलाई र कलाकारहरुलाई नेबाब पदाधिकारीहरु निबर्तमान अध्यक्ष यामु निरौला, महासचिब जगदिश सापकोटा, सचिब बाबुराम शर्मा, सदस्य बेदराज पुरी लगायतले सम्मान गरेका थिए ।
फेस्टिबलमा पुरै दिन नेपाली कला संस्क्रिति झल्कन्ने न्रित्य र झांकी प्रस्तुत गरिएको थियो । झापालि समाज माल्टाका महासचिब प्रकाश भण्डारीले माल्टा नेपाल अनलाईन जानकारी गराईएको हो।