माल्टा नेपाल सम्बाददाता
अक्टोबर २९ काठमाडौं । थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुनः उडान सुरू गरेको छ ।
कोभिड–१९ महामारीका कारण २५ मार्च २०२० देखि काठमाडौंका लागि उडान बन्द गरेको थाइ एयरवेज सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थियो ।
नेपालका यात्रुहरुलाई थप सहज हुने अपेक्षा सहित अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न शहरहरुमा थाइ एयरवेजको उडान रहेकाले थाइ एयरवेजले जनाएको छ ।
