नेपालको सविधानबाट जनयुद्धको नाम हटाउने कुनैपनि प्रयासलाई स्वीस्कार गर्न नसकिने भन्दै नेपाली जनप्रगतिशील मञ्च माल्टाले चेतावनी दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त अधिकारलाई मास्ने षड्यन्त्र भए चुप लागेर नबस्ने भन्दै प्रतिरोध गर्ने कठोर चेतावनी दिएको हो । संविधानबाट जनयुद्धको नाम हटाउने प्रयासको जनप्रगतिशील मञ्च माल्टा, नेपाली जनप्रगतिशील मञ्च युरोप, नेपाली जनता, तत्कालीन जनमुक्ति सेना, पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समिति, वाइसिएल नेपाल र नेकपा माओवादी केन्द्र कदापी स्वीकार नगर्ने भन्दै तानाशाह सरकारका कदमले जनताको अधिकार माथी गम्भीर कुठाराघात भए कठोर प्रतिरोधको सामना गर्ने उल्लेख गरिएको छ ।
जनप्रगतिशील मञ्च मााल्टाका अध्यक्ष कान्छाराम बुढाथोकी (बिनय–समय) र जनप्रगतिशील मञ्च मााल्टाका कार्यबाहक महासचिव कृष्ण सुवेदी (गाउँले) ले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ “नेपाली जनताले आफ्नो बलिदानबाट प्राप्त गरेका अधिकारहरु र संविधानलाई मास्न कसैलाई पनि अनुमती दिने छैनन् । यदि कसैले नेपाली संविधान विरुद्ध षड्यन्त्र रच्न खोजे, गणतन्त्रका प्राप्त अधिकार माथी धाबा बोलिन्छ र कुठाराघात गरिन्छ भने कानुनी रपमा होस् या समयको आवश्यक्ता अनुसार कठोर प्रतिरोधमा उत्रने प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।”
यो देशका आम नागरिक र विश्वभर छरिएर रहेका नेपाली जनप्रगतिशील मञ्चका तमाम युवाहरु राज्य दमनको कुनैपनि अन्यायपूर्ण गतिबिधि टुलुटुलु हेरेर बस्न बाध्य हुने छैनन् । नेपाली जनाताको अधिकार माथी प्रहार हुने कुनैपनि चेष्टाको प्रतिरोधमा नेपाली जनता, नेपाली जनप्रगतिशील मञ्च, नेकपा माओवादी केन्द्र र त्यसका भातृ संगठनहरु आफ्ना अधिकार, सम्मान र बलिदानको इतिहासप्रति अडिक रहँदै आवश्यक परे फेरिपनि बलिदान दिन तयार रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।