एक करोड ८० लाख मेरो बैंक खातामा जम्मा भएको छैन- रवि लामिछाने

Share:

जनवरी,२२
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० ;लाख जम्मा नभएको पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफुले ग्यालेक्सी टेलिभिजन छोड्दा आफ्नो खातामा जम्मा गरेको भनिएको रकम आफ्नो खातामा नआएको दाबी गरेका छन् ।कान्तिपुर दैनिकले सोमबारको अंकमा लामिछानेले ग्यालेक्सी टेलिभिजन छोड्दा शेयर बापतको एक करोड ८० लाख रकम उनको खातामा जम्मा गरेको स्लीपसहित प्रकाशित गरेको थियो ।
लामिछानेले आफ्नो खातामा सो रकम जम्मा नभएको बताउदै अब कानुनी रुपमा मैले के गर्ने भन्ने प्रश्न गरेका छन् ।आफ्नो खातामा जम्मा नभएको रकम जम्मा भएको भन्दै समाचार प्रकाशित गरिएको गुनासो गरेका छन् । उनले लगातार आफ्नो चरित्र हत्या गर्न समाचार प्रकाशित गरिरहेको आरोप समेत लगाए ।

सभापति लामिछानेले ग्यालेक्सी टेलिभिजनको बोर्डमा कुनै पनि निर्णयहरुमा सहकारीबाट पैसा लिएको उल्लेख नभएको बताए । उनले बोर्डका निर्णयको प्रतिलिपि आफुसँग रहेको र आफुले सो देखाउन तयार रहेको बताए ।

Share:

सम्बन्धित समाचारहरू