एन एम एफ सीद्वारा आयोजित सविन राई एण्ड द फराहोको लाइभ कन्सर्ट युरोपमै उत्कृष्ट

Share:

प्रकाश बगाले
माल्टा / युरोपेली मुलुक अन्तर्गत पहिलो पटक माल्टा आएका चर्चित गायक सविन राई एण्ड द फारो समूहले माल्टाको सेन्ट.जुलिएन स्थित स्काई क्लबमा बेजोड प्रस्तुति गरेका छन् । गत १८ गते शनिबार बेलुका एन एम एफ सी द्वारा आयोजना गरिएको सविन राई एण्ड द फराहो कन्सर्ट कार्यक्रम युरोपमा नै ऐतिहासिक सफल भएको छ । कार्यक्रममा राष्ट्रिय महिला फुटबल खेलाडी सबिता भण्डारी (साम्बा)को आगमनले दर्शकलाई झन उत्साहित बनाएको थिए ।

झन्डै २ हजारको हाराहारीमा रहेका दर्शकले खचाखच स्काइ क्लबमा राईले आफ्नो चर्चित गीतहरु पस्कदै दर्शकहरुलाई तताए र नचाएका हुन् ।
उक्त कन्सर्टमा दर्शकलाई टिकट काटेर भित्र छिर्न नै हम्मे हम्मे परेको थियो । आ–आफ्नो स्थानमै झुमेका दर्शक राईले गाएका गीतमा ताल मिलाए नाच्नलाई खाली ठाउँको अभाव थियो ।

जब सबिन माइक समातेर प्रस्तुति दिन के सुरु गरेका थिए दर्शकहरु मन थाम्न नसकी हर्षले चिच्याएका थिए । उनले गाउँदा अझै कर्तलध्वनिको साथै साथमा स्वरमा स्वर मिलाएका थिए ।
साबिन राईले दर्शकहरुका चाहना र इच्छालाई धित पुग्ने गरि कालजयी, राम्रा, चर्चित, लोकप्रिय र सबैले मन पराएका गीत प्रस्तुत गरेका थिए । उनले सुन्दरताको तिमी, गुराँसको फेद मुनि, कोमल तिम्रो, कालो कालो रातको, कोमल त्यो तिम्रो जस्ता दर्शकले अत्यधिक मन पराएका गीत गएका थिए ।

कार्यक्रममा बिशेष गरि उनका प्रशंसकका साथै किशोरकिशोरीहरुको उपस्थिति ज्यादै रहेको थियो । सनिवार ७ बजेबाट सुरु भै आइतबार ४ बजेसम्म भएको कन्सर्टमा डिजे कालेले मज्जाले साथ दिनुका साथै चर्चित ब्रिटिस म्युजिसियन रोब च्यापर्सले गितार बजाएर दर्शकलाई थप मनोरञ्जन दिए । एक महिनादेखि युरोप यात्रामा रहेका गायक राई सहितको टिम डेनमार्क,फिनल्याण्ड,स्वीडेन,पोल्याण्ड,पोर्चुगल, क्रोएशिया,बेल्जियम पछि माल्टामा कन्सर्ट गरेका एन एम एफ सीका अध्यक्ष राजेन्द्र बिष्टले जानकारी दिए।

उनले दर्शक अन्य अतिथि,आयोजक र प्रायोजक सहित कन्सर्टलाई उत्कृष्ट बनाउने सबै नेपाली समुदाय र कलाकारहरुलाई माया गर्ने र हौशला दिने सबै प्रति कृतज्ञता भएको बताए । उक्त कार्यक्रमको संयोजक भने आकाश गुरुङ रहेका थिए ।

Share:

सम्बन्धित समाचारहरू