३० सेप्टेम्बर / माल्टा
झापाली समाज माल्टाका नवनिर्वाचित कार्यसमिति द्वारा माल्टामा रहेका विभिन्न नेपाली संघ-संस्था बीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनालले झापाली समाज माल्टाले गरेको काम अतुलनीय रहेको भन्दै संस्थाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका महासचिव प्रकाश भणडारी संस्थाका संस्थापक अध्यक्ष शर्मिला बस्नेत ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाकासस्थापक अध्यक्ष तेज बहादुर लिम्बु ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार हरि बिसि लगाएतले स्वागत मन्तव्य राखेका थिए । झापाली समाजले माल्टामा रहेर नेपालीहरुलाई सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान पत्र समेत प्रदान गरेका थिए । संस्थाका अध्यक्ष मुक्ति पुरीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन भने संस्थाका सचीव ऋषिराम काफ्लेले गरेका थिए ।