पोखरा एफसी पोर्चुगल द्वारा वृद्धाश्रमलाई सहयोग 

Share:

माल्टा नेपाल अनलाइन  / पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलले पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धाश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ।

क्लबले सोमबार पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धाश्रमलाई खाना पकाउने भाँडा तथा आवश्यक खाद्यान्न सामग्रीहरु क्लबका प्रजेश गुरुङ र प्रदिप मल्ल ठकुरीले द्धा आश्रममा पुगेर सहयोग गरेका हुन् ।

खेल क्षेत्रको विकास सँगै सामाजिक र मानवीय सेवाको काम गर्दै आएको पोखरा फुटबल क्लब पोर्चुगललाई वृद्धाश्रमले हार्दिक कृतज्ञता प्रकट गर्दै प्रमाणपत्र प्रदान गरेको छ ।

सेप्टेम्बर ८ तारिख पोर्चुगलको राजधानी लिस्बनमा पोखरा गोल्डेन कप २०८१ सफलतापूर्वक आयोजना गरेको पोखराफुट क्लबका कोषाध्यक्ष प्रजेश गुरुङले बताए ।

 

Share:

सम्बन्धित समाचारहरू