माल्टामा रहेका नेपालीले एकसाथ दशै मनाउने

Share:

अक्टोबर,३ माल्टा

नेपाली समाज माल्टाले सामुहिक रुपमा दशै मनाउन प्रवासीहरुलाई आव्हान गरेको छ ।

समाजले माल्टामा रहेका नेपालीहरुसँग दशैको टिका लगाउने गरि कार्यक्रम तय गरेको छ । अर्फेम थ्रियट जिरामा दशैको टिका लगाउन आव्हान गरेको हो । पण्डित मोहनप्रसास बराल (शास्त्री) मार्फत टिका लगाइने भएको छ । नेपाली समाज माल्टाका अध्यक्ष दिनेश कार्कीले दशैको दिन वृहत सांस्कृतिक कार्यक्रम समेत हुने बताए ।

नेपाली लोकसंस्कृति झल्किने नृत्य, गजलहरु प्रस्तुत हुने बताए । नेपालीहरुको प्रतिभा प्रस्तुत गर्न अक्टोबर २० भित्र नामावली टिपाउन आग्रह गरिएको छ । नेपाली चाडहरु दशै, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडहरुको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान समेत हुने जनाइएको छ ।

Share:

सम्बन्धित समाचारहरू