शुक्रबार राति आएको भूकम्पमा परि रुकुम पश्चिम आठविसकोट नगरपालिकामा मानवीय क्षति भएको छ। नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीको अनुसार १० जनाको मृत्यु भएको खबर आएको बताइन्।
उनका अनुसार वडा नं. ११ मा सातजना र वडा नं.१२ मा तीजनाको मृत्यु भएको खबर आएको छ। उनले प्रहरी घटनास्थलमा गइरहेको जानकारी दिइन्। साथै आठविसकोटमा घरहरुमा पनि क्षति भएको छ
यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले १० जनाको मृत्यु भएको भनि अपुष्ट खबर आएको जानकारी दिए।
भट्टराईका अनुसार सानीभेरी गाउँपालिकाको पुर्तिमकाँडामा एक जना च्यापिएको खबर आएपछि प्रहरी टोली पठाइएको छ। वडा नम्बर ४ पनि घरमा मानिसहरु च्यापिएको खबर आएको छ।
शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। क्षतिकाे विस्तृत विवरण आउन बाँकी छ।



