माल्टामा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी दर्ता : संस्था दर्तापछि खुसी साँट्दै सेफहरु

Share:

माल्टा नेपाल अनलाइन डेस्क / माल्टा सरकारको कानूनी प्रक्रिया पूरागरी अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टामा दर्ता भएको छ । नेपाली भान्से सेफहरु आवद्ध रहेको संस्था आधिकारिक रुपमा दर्ता भएपछि माल्टामा रहेका नेपाली सेफहरु एकआपसमा खुसी साँटासाँट गर्न थालेका छन् । वैधानिक रुपमा संस्था दर्तागरी नेपाली खानालाई विश्वमा चिनाउन आधिकारिक रुपमा काम गर्नका लागि माल्टामा संस्था दर्ता गरिएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताएका छन् ।

संस्थाको कार्यालय स्थापना गरी संस्थागत विकासका कामलाई प्राथमिकता दिने उनले बताए । रोजगारीको सिलसिलामा माल्टामा रहनु भएका सम्पुर्ण नेपाली सेफहरुको महत्त्वपूर्ण  योगदान र त्यागले विभिन्न किसिमका चुनौतीको सामना गर्दै संस्था दर्ता गर्न सफल भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले जनाएको छ । संस्था दर्ता भएपछि सम्पुर्ण सेफहरुले एकआपसमा खुसी मनाएका छन् ।

दोकान एशिएन मार्टका संचालक एवम् अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका फुड डेब्लाेमेन्टका प्रमुख समिश बुढाथोकीले संस्था दर्ता भएकोमा खुसी लागेको बताए । आगामी दिनमा माल्टामा संस्थाले रचनात्मक काम गर्दै जाने उनी बताउछन् । त्यसैगरी लजिज रेस्टुरेन्टका संचालक एवम् संस्थाका उपाध्यक्ष सुरेन्द्र दासले नेपाली खानालाई माल्टामा चिनाउनकै लागि आफुले रेस्टुरेन्ट खोलेर सेवा दिने काम गरेको बताए । साथै उनले नेपाली खानाको स्वादिष्ट परिकारहरु बनाइ माल्टामा पहिचान स्थापना गर्न सबै सेफहरु लाग्नुपर्ने बताए ।

संस्थाले विगतका बैठकमा संस्था दर्तागर्ने निर्णय पारित गर्दै बैठकमा जिम्मेवारी तोकेको थियो । बैठकले संस्था दर्ताको लागि १५ वर्षदेखि माल्टामा बस्दै आएका र माल्टा सरकारको नीति नियमको बारेमा जानकार भएका संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक बाबू अर्याललाई संस्था दर्तागर्ने प्रक्रियाको बारेमा गतसाल नोभेम्बरमा बसेको संस्थाको बैठकले जिम्मेवारी दिएको थियो ।

संस्थाले तोकेको जिम्मेवारीलाई पूरागर्दै वरिष्ठ उपाध्यक्ष अर्यालले माल्टाका कानूनका ज्ञाताहरुसंग संस्था दर्ता गर्नका लागि धेरै मिहिनेतका साथ समन्वय र सहकार्य गरी संस्था दर्तागर्न सफल भएका थिए । संस्था दर्ता भएपछि अर्यालले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले संस्थागत विकासका कार्यक्रम अगाडी बढाउने बताए । संस्थाले दक्ष नेपाली सेफहरुलाई उत्पादन गर्नको लागि आधिकारिक रुपमा क्षमता विकासका सीपमूलक तालीम संचालन गर्ने उनले बताए ।

रोजगारीको सिलसिलामा तेस्रो मुलुकबाट आएका आप्रवासीहरुका लागि संस्था दर्तागर्न सजिलो नभए पनि विभिन्न चुनौतीको सामना गरेर पनि संस्था दर्तागर्नु ठूलो सफलता भएको संस्थाका वरिष्ठ सल्लाहकार एवम् पत्रकार धनराज अविरलले बताए । संस्था दर्ता प्रक्रियामा साथ दिदै सहयोग गर्ने सबैलाई उनले धन्यवाद् दिएका छन् ।

संस्था दर्ता गर्नको लागि सहज नभएको भन्दै धेरै कठिनाई र अवरोधहरु भोग्नु परेको दुखेसो संस्थाका अध्यक्ष भुसालले बताए । पहिले नै संस्था दर्ता भइसक्ने थियो । तर माल्टामा रहेका आफूलाई अगुवा ठान्ने नेपालीले नै संस्था दर्ता गर्नमा भएभरको बल लगाएर रोक्न खोजेपछि केही ढिलो भएको र ढिलो भएपनि संस्था दर्तागर्न सफल भएको उनी बताउँछन् । कसले संस्था दर्ता गर्नमा रोक्न खोजेको थियो भन्ने सबैले थाहा पाउन उनीहरुको आगामी दिनमा नाम सार्वजिनक गर्ने अध्यक्ष भुसालले बताए । संस्थाले निरन्तर गलत हर्कद गर्नेका विरुद्ध आवाज उठाउँदै माल्टामा रहेका नेपालीको हीतमा कामगर्दै जाने उनी बताउँछन् ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्दि«य उपाध्यक्ष श्याम भण्डारीले नेपाल बाहेक अन्तराष्ट्रिय स्तरमा नेपाली सेफ सोसाइटी माल्टा पहिलो नम्बरमा दर्ता भएर रेर्कड राख्न सफल भएको भन्दै माल्टामा रहेका सम्पूर्ण सेफहरुलाई बधाई तथा सफलताको शुभकमना दिएकाछन् । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका महासचिव सचिव सुन्दर घिमिरेले संस्था दर्ता हुन नदिनको लागि केही व्यक्तिले ठूलै बल लगाए पनि उनीहरुले हारेको र आफूहरुले संस्था दर्ता गरेर जीतेको बताए । संस्थाका उपाध्यक्ष ध्रुव पाण्डेले रचनात्मक काम गरेर छोटो समयमा संस्था स्थापित भएको देखेर केही व्यक्तिहरुको टाउको दुखेकोले उनीहरुका सामुन्ने थप सिर्जनशील काम गरेर देखाउन संस्थालाई उर्जा मिलेको उनले बताए ।

संस्थाका कोषाध्यक्ष एकराज पोख्र्लले संस्था दर्ता भएपछि माल्टामा होस् या नेपालमा समस्यामा परेकाहरुलाई नेपाली सेफहरुले लाखौं रकम उठाएर मानविय सहयोग गरेको भन्दै आगामी दिनमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । संस्था दर्ता भएको खुसीयालीमा रमाएका सेफहरुले संस्था दर्ता हुन नदिनका लागि षडयन्त्र गर्ने षडयन्त्रकारी, संस्थालाई अपमान गर्ने संस्था तथा व्यक्तिहरुसँग बदलाको भावना नलिइ सम्मानपूर्वक व्यवहार गरेर पत्थरको जवाप फूलले दिने निष्कर्ष निकाल्दै माल्टामा संस्था दर्ता भएको उपलक्ष्यमा खुसीयाली मनाएका छन् ।

 

Share:

सम्बन्धित समाचारहरू