माल्टामा २९ वर्षीय नेपाली युवा बेपत्ता, खोजीका लागि प्रहरीद्वारा सार्वजनिक अपिल

Share:

माल्टामा २९ वर्षीय नेपाली युवा प्रकाश राई बेपत्ता भएपछि माल्टा प्रहरीले उनको अवस्था पत्ता लगाउन सर्वसाधारणसँग सहयोग मागेको छ।

माल्टा प्रहरीका अनुसार राई पछिल्लो पटक फगुरा (Fgura) क्षेत्रमा देखिएका थिए। उनी हराएको जानकारी प्राप्त भएपछि प्रहरीले उनको खोजीका लागि सार्वजनिक अपिल जारी गरेको हो।

प्रहरीले राई अन्तिम पटक देखिँदा खैरो रङको पाइन्ट, हुडी र कालो ज्याकेट लगाएको जनाएको छ।
राईलाई देखेको वा उनको अवस्थाबारे कुनै जानकारी भएको व्यक्तिलाई प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। सूचना दिने व्यक्तिले आफ्नो परिचय गोप्य राख्न चाहेमा पनि जानकारी दिन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीलाई २१२२ ४००१ वा ११९ नम्बरमा फोन गरेर जानकारी दिन सकिनेछ। साथै, नजिकैको प्रहरी कार्यालयमा पुगेर पनि सूचना दिन सकिने प्रहरीले जनाएको छ।

प्रहरीले प्रकाश राईको खोजीमा सहयोग गर्न माल्टामा रहेका सर्वसाधारणलाई आग्रह गरेको छ।

Share:

सम्बन्धित समाचारहरू