माल्टाको खुकुरी कपको उपाधि झापालाई

Share:

माल्टामा सम्पन्न खुकुरी कपको उपाधि झापा फुटबल क्लबले जितेको छ । खुकुरी फुटबल क्लबको आयोजनामा भ्यालेट्टामा भएको खेलमा झापाले आयोजक खुकुरी फुटबल क्बललाई चार शून्यले पारजित गर्दै उपाधि चुमेको हो । झापाले यसअघि ३ पटक उपाधि जितेको थियो । खुकुरी क्लब सन् २०२१ को विजेता टिम हो ।


माल्टामा रहेका नेपालीहरुले खेल प्रवद्र्धन गर्न खोलेको क्लबहरुबीच वर्षेनी प्रतिस्पर्धा हुने गरेको छ । विजेता झापाले २ हजार ५ सय, उपविजेता खुकुरीले १ हजार ५ सय युरो जितेका छन् । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई खुकुरी क्लबका अध्यक्ष हरि रिमालले गरेका थिए । यस्तै उत्कृष्ट खेलाडी खुकुरी क्लबका सुमन चाम्लिङ, धेरै गोलकर्ता झापाका विशाल खवास, उत्कृष्ट गोलकिपर मनोज प्रधान, अनुशाषित क्लब लालिगुरास क्लब गोजो बनेको आयोजक क्लबका सचिव दर्शन लिम्बुले जानकारी दिए ।


प्रतियोगितामा १६ टिम सहभागि थिए । महिलातर्फ पूर्वाञ्चल प्रथम बनेको छ । खुकुरी क्लबलाई हराउँदै पूर्वाञ्चलले जितेको हो । यस्तै भेट्रानतर्फ एनआरएनए माल्टाले व्यवसाय माल्टालाई हराउँदै जितेको छ । पूर्वाञ्चल महिला क्लबले ५ सय युरो पाएको थियो । मगर समाज माल्टाका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
खेल समापन कार्यक्रममा एनआरएनए माल्टाका उपाध्यक्ष प्रेम लिम्बु, महासचिव सन्देश केसी लगायत माल्टामा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाका पदाधिकारी, प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share:

सम्बन्धित समाचारहरू