नेपाली खानालाई विश्वमा चिनाउन “नेपाली खाना मिठो” बोलको गीत माल्टामा सार्वजनिक

Share:

माल्टा नेपाल अनलाइन  / नेपाली खानालाई विश्वमा चिनाउन नेपाली खाना सम्बन्धी बनेको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले निमार्ण गरेको नेपाली खाना मिठो गीतको भिडियो जेष्ठ ५ गते मे १९ तारीखका दिन एक कार्यक्रमका बीच माल्टामा सार्वजनिक भएको हो ।

औपचारिक कार्यक्रम आयोजना गरी सार्बजनिक गरिएको गीतको भिडियो धेरै राम्रो लागेको कार्यक्रममा बोल्ने बक्ता र सहभागीहरुले बताएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा अहिलेसम्म नेपाली खाना सम्बन्धी कुनै गीत र भिडियो बनेको छैन् । अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले निमार्ण गरेको नेपाली खाना सम्बन्धी पहिलो गीतले नयाँ रेकर्ड राख्न सफल भएको बताउँदै कार्यक्रमका सहभागीले संस्थाले राम्रा काम गर्दै आएको भन्दै दिल खोलेर तारिफ र प्रशंसा गरेका थिए ।

अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका अध्यक्ष बाशुदेव भुसालको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए युरोप क्षेत्रीय सचिव एवम् एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष भुवन अर्याल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि अर्यालले संस्था स्थापनाको छोटो समयमा अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले माल्टामा रहेका सबै नेपाली सेफहरुलाई एकै ठाउँमा आवद्ध गरेर सामाजिक कार्य गर्दै आएको बताए । नेपाली खानालाई विश्वमा चिनाउनका लागी नेपाली खाना सम्बन्धी पहिलो गीतको अडियो र भिडियो बजारमा ल्याउन सफल भएकोमा बधाई दिँदै सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले माल्टामा अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टा नमुना र उदाहरणीय संस्था भएको बताए । सेफहरुले लगाउने सेतो कोट जस्तै मन पनिे सेतो भएको र कामपनि असल गर्दै आएको बताउँदै सेफहरुले खाना मिठो बनाए जस्तै संस्थापनि व्यवस्थित रुपमा चलाउँदै आएको झाले बताए । संस्था कसरी चलाउनु पर्छ भनेर अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाबाट सिक्नुपर्ने उनले बताए । नेपाली खाना मिठो बोलको गीत आफूलाई धेरै राम्रो लागेको झाले बताए । एनआरएनए माल्टाका कोषाध्यक्ष निरज श्रेष्ठले शुभकामना मन्तव्य दिदै संस्थाले राम्रो काम गर्दै आएको बताए ।

जनसम्पर्क समिति माल्टाका सभापति एवम् एनआरएनए माल्टाका सल्लाहकार हरी बिसीले अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले निकालेको नेपाली खाना मिठो बोलको गीतले विश्वमा नेपाली खानालाई चिनाउन भूमिका खेल्ने बताए । माल्टामा नेपाली समुदायको मेलमिलाप र एकताको सन्देश राम्रो प्रवाह भएकाले यसलाई थप मजबुत बनाउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । विदेशको ठाउँबाट पनि गीतको भिडियो निकालेर अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले नेपाली गीतसंगीतको विकासमा योगदान पुगाएको बिसीले बताए ।

प्रवासी नेपाली मंच माल्टाका महासचिव हेमराज भण्डारीले नेपाली खाना मिठो गीतको भिडियोले नेपाली खानाको संरक्षण गरेको भन्दै शुभकामना दिएका थिए । एनआरएनए माल्टाका पूर्व महासचिव एवम् व्यवसायी रोशन गिरीले अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले उत्पादन गरेको गीतको भिडियो औपचारिक कार्यक्रम आयोजना गरी सार्बजनिक गरेकोमा खुसी लागेको बताउँदै बधाई तथा शुभकामना दिएका थिए । विदेशको ठाउँमा यति महत्वपूर्ण गीत निकाल्नु गर्वको विषय हो । सेफहरुले आफै कलात्मक तरिकाले अभिनय गरेको गीत आफूलाई धेरै राम्रो लागेको गिरीले बताए ।

नेपाली समाज माल्टाका अध्यक्ष ज्ञानु लामा, गुल्मेली समाज माल्टामा अध्यक्ष अशोक गिरी, झापाली समाज माल्टाका रिसीराम काफ्लेले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा एनएफसी फुटबल क्लबका अध्यक्ष राजेन्द्र बिष्ट, तमु समाज माल्टाका अध्यक्ष आकाश गुरुङ लयागत विभिन्न सामाजिक संघसंस्थाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाको निमार्णमा सार्वजनिक भएको गीतमा चर्चित कलाकार खेम सेन्चुरी र दिपिका बयम्बु मगरको स्वर रहेको छ । सर्जक यम प्रसाद न्युरेले रचना गरेको गीतमा संगीत खेम सेन्चुरी, अरेन्ज बिनोद बाजुरेली, रेर्कडिस्ट सागर बाजुरेली र गोविन्द्र पराजुली, भोकल राजेन्द्र बाजुरेलीको रहेको छ । गीतको संयोजन खडक बाजुरेलीले गरेका छन् भने गीतको रेर्कंड माला श्री रेर्कंडिङ स्टुडियो काठमाडौंमा भएको संस्थाका अध्यक्ष बाशुदेव भुसालले बताए ।

अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाको निर्देशनमा तयार पारिएको गीतको भिडियोको छायाङ्कन नेपाली समाज माल्टाका किरण बुढाथोकी र सागर श्रेष्ठले गरेका थिए । भिडियोको छायाङ्कन गर्न पाउँदा धेरै खुसी लागृको संस्थाका अध्यक्ष ज्ञानु लामाले बताए । भिडियोमा माल्टामा रहेका नेपाली सेफ सहित कलाकारहरुले कलात्मक र आकर्षक अभिनय गरेका छन् । नेपाली खानालाई विश्वमा चिनाउनको लागि अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले नेपाली खानाको प्रवद्धन गर्ने कार्यक्रम सहित समाजसेवा र मानवीय सेवाका काम समेत निरन्तर गर्दै आएको छ । संस्था स्थापना भएको छोटो समयमा रचनात्मक काम गरेर यतिबेला चर्चामा आएको छ ।

नेपाल बाहेक अन्तराष्ट्रिय सेफ सोसाइटीलाई विदेशमा आधिकारिक रुपमा दर्ता गर्ने पहिलो रेर्कड पनि अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले बनाएको छ । माल्टा सरकारको कानुनको पालना गर्दै संस्था दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरेर कार्यालय समेत स्थापना गर्ने काम भइरहेको अध्यक्ष भुसालले बताए ।

अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका वरिष्ठ सल्लाहकार एवम् पत्रकार धनराज अविरलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष राजु अर्याल (बाबु) ले राखेका थिए । नेपाली खानालाई विश्वमा चिनाउन नेपाली खानाका परिकार र नेपाली संस्कृति झल्काउने पहिचान र भेषभुषाले भिडियो आकर्षक बनेको अर्याल बताए । नेपाली खानालाई विश्वमा चिनाउन नेपाली खानाको महत्व झल्काउनु पर्नेमा जोड दिँदै संस्था स्थापना देखि दर्ता प्रक्रियामा सहयोग गर्ने सबैलाई अर्यालले धन्यवाद् समेत दिएका छन् ।

रिबन काटेर गीतको भिडियो सार्वजनिक गरिएको कार्यक्रममा परिवर्तनका लागी जीवनको आहुती दिने सहिदहरुको सम्मान र देश विदेशमा सेफको काम गर्दागर्दै जीवन गुमाएका सेफको सम्झनामा मौनधारण गरिएको थियो । नेपालको राष्ट्रिय गानमा सहभागी भएर राष्ट्रप्रती सम्मानभाव पनि प्रकट गरिएको थियो । संस्थाका उपाध्यक्ष ध्रुर्व पाण्डे र महिला प्रतिनिधि जानुका नेपालले अतिथिहरुलाई खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा अतिथि पाहुना र सहभागीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको अध्यक्ष भुसालले बताए ।

जनसम्पर्क समिति माल्टाका सभापति एवम् एनआरएनए माल्टाका सल्लाहकार हरी बिसीको गीत सार्वजनिक कार्यक्रमकै दिन जन्मदिन परेकोले अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले जन्मदिन मनाउँदै बधाई तथा शुभकामना समेत दिएको थियो । संस्थाले आफ्नो जन्मदिन मनाएकोले बिसीले खुसी लागेको भन्दै संस्थालाई धन्यवाद समेत दिएका थिए । पत्रकार धनराज अविरलले संचालन गरेको कार्यक्रमको प्रस्तुतीकरण कार्यक्रमका सहभागीहरु सबैले धेरै मन पराएका थिए । कार्यक्रम संचालक पत्रकार अविरलको प्रशंसा गर्दै भिडियो सार्वजनिक समारोहका अतिथिहरुले आफ्नो गलामा लगाएको खादा निकालेर र्औपचारिक कार्यक्रम संचालन भइरहेकै बेलामा अविरलको गलामा लगाई दिँदै हात मलिाउँदै अंकमाल गरेर सम्मान गरेका थिए । कुशल कार्यक्रम संचालकको उपमा दिदै आफूलाई माया गर्ने र थप हौसला प्रदान गर्ने कार्यक्रमका सहभागी सबैलाई अविरलले नमन गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

 

Share:

सम्बन्धित समाचारहरू