अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले गर्यो आजीवन सदस्यता खुला

Share:

माल्टा नेपाल अनलाइन डेस्क / अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले आजीवन सदस्यता खुला गरेको छ । देश विदेशमा रहेर भान्सेको काम गरी रहेका नेपालीहरुसलाई ंसंस्थामा आवद्ध गर्नको लागि विधान वमोजिम आजीवन सदस्यता खुला गरेको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले बताए ।

सदस्यता लिन चाहाने इच्छुक सेफहरुको लागि सहज होस् भनेर अनलाइनबाट संस्थाले फाराम भर्ने व्यवस्था मिलाइएको छ । नेपाली रु १० हजार शुल्क तिरेर आजीवन सदस्यता लिन सकिने अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका उपाध्यक्ष श्याम भण्डारीले बताए ।

विश्वभरी रहेका नेपाली सेफहरु अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीमा आवद्ध नभए पनि सबैले आजीवन सदस्यता लिन सक्नेछन् । नेपाली खानालाई विश्वमा चिनाउनका लागि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले विश्वभर छरिएर रहेका नेपाली सेफहरुलाई एकिकृत र संगठित बनाउने उद्देश्यले सदस्यता खुला गरेको महासचिव दिपक कार्कीले बताए ।

संस्थाबाट आजीवन सदस्यता प्राप्त गरेका सेफहरुले स्वास्थ्य सेवा सम्बन्धी सहुलियत पाउने गरी नेपाल सरकारसँग समन्वय गर्ने काम भइरहेको अध्यक्ष अरुण अधिकारीले बताएका छन् । युरोपको माल्टाबाट पनि नेपाली सेफहरुले आजीवन सदस्यता लिएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष राजु अर्याल (बाबु) ले विश्वमा छरिएर भान्सेको काम गरी रहेका नेपाली सेफहरुले आफ्नो पहिचान र हीतका लागि आजीवन सदस्यता लीनुपर्ने बताएका छन् । संस्थागत विकासका लागि सबै सेफहरुले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा अर्यालले जोड दिए ।

Share:

सम्बन्धित समाचारहरू