माल्टा नेपाल अनलाइन डेस्क / नेपाली समुदायलाई लक्ष्यित गर्दै केही दिनयता सामाजिक सञ्जाल (फेसबुक, टिकटक लगायत) मार्फत समुदायको मान–प्रतिष्ठामा ठेस पुर्याउने खालका अभिव्यक्तिहरू सार्वजनिक गर्दै आएका एनआरएनए माल्टाका सदस्य सन्तोष अधिकारीलाई १ महिनाका लागि संघले निलम्बन गरेको छ। यस घटनाले समुदायभित्र चिन्ता फैलाएको र संस्थामाथि आलोचना बढाएको छ। यसै बीच नेपालमा घटेको घटनाको सामाजिक संजालमा गएर समर्थ गरेपछि गैरआवासीय नेपाली संघ एनआरएनए माल्टाले आफ्नो सदस्य सन्तोष अधिकारीलाई १ महिनाका लागि निलम्बन गरेको निर्णय गर्दै विज्ञप्ति जारी गरेको छ। संघका अनुसार, यो कदम अनुशासन पालन र समुदायको प्रतिष्ठा जोगाउने उद्देश्यले गरिएको हो।
एनआरएनए माल्टा अध्यक्ष सत्यनारायण झाका अनुसार,
“हाम्रो समुदायको सम्मान र प्रतिष्ठा उच्च राख्न हामी प्रतिबद्ध छौँ। अनुशासनहीन गतिविधि गर्ने छुट कसैलाई पनि हुनेछैन। सदस्यहरूले सामाजिक सञ्जालमा जिम्मेवार व्यवहार गर्नुपर्छ।”
अध्यक्ष झा भन्छन् निलम्बन निर्णय पारदर्शी प्रक्रिया र संस्थाका नियम अनुसार गरिएको हो। “आगामी दिनहरूमा पनि यदि यस्ता गतिविधि जारी रह्यो भने संघले आवश्यक थप कारबाही गर्न पछि पर्दैन,” उनले भने।समुदायका सबै सदस्यहरूलाई स्पष्ट सन्देश दिएको छ कि सामाजिक सञ्जालमा समुदायको प्रतिष्ठामा ठेस पुर्याउने खालका गतिविधि गर्न सकिँदैन।
एनआरएनए माल्टा माल्टा बासी नेपालीहरूको प्रतिनिधि संस्था हो, जसले आप्रवासी नेपालीहरूको हित, अधिकार र प्रतिष्ठा जोगाउने काम गर्दै आएको छ।
सामाजिक सञ्जालको बढ्दो पहुँचका कारण व्यक्तिगत अभिव्यक्तिले समुदायको छवि र प्रतिष्ठामा तत्काल असर पुर्याउन सक्ने खतरा बढेको छ। यसकारण, संघले अब सदस्यहरूलाई अझ जिम्मेवार र सचेत हुन निर्देशन दिएको छ। अध्यक्ष झा अनुसार, “हाम्रो उद्देश्य नेपाली समुदायभित्र शान्ति, सहयोग र आपसी समझदारी कायम गर्नु हो।” यसबाट समुदायभित्र सकारात्मक सन्देश फैलाउने र विवाद रोक्ने उद्देश्य राखिएको छ।