नेपालका सुरज माल्टाको राष्ट्रिय क्रिकेट टिममा

Share:

नोभेम्बर, १८
प्रकाश बगाले
माल्टा/ क्रिकेटले अन्तराष्ट्रिय स्तरमा नेपालको सान बढाउँदै गर्दा नेपालका सुरज दराई माल्टा पुरुष  राष्ट्रिय क्रिकेट टिममा आफुलाई पार्न सफल भएका छन् ।

उनी माल्टामा नेपालीहरुको प्रतिनिधित्व रहेको जीरा  युनाईटेड क्रिकेट क्लवमा सहभागि भएर क्रिकेटको बिधामा उत्कृष्ट प्रर्दशनले गर्दा  दराई माल्टा पुरुष  राष्ट्रिय क्रिकेटमा पर्न सफल भएका छन् ।

नेपाली क्रिकेट खेलाडीहरुले नेपालको शिर उँचो बनाईरहँदा  युरोपेली मुलक माल्टामा पनि   सुरजले माल्टाबासी नेपालीहरुको शिर उँचो बनाउन सफल भएको  जिरा युनाइटेड क्लब माल्टाका कप्तान  भुवन अर्याल बताउँछन् । कप्तान अर्याल भन्छन्  रुपन्देहीका सुरज दरैले माल्टामा क्रिकेट खेलबाट माल्टाबासी नेपालीको मात्र हैन, संसारभरका नेपालीहरुको शिर पनि उँचो बनाएका छन् । बर्ष अगाडि एउटा भेटमा दाइ म क्रिकेट खेलाडी हो । माल्टामा क्रिकेट कहाँ खेल्छन म पनि खेल्न इच्छुक छु भन्दै गर्दा जिरा युनाइटेड क्लबको स्थापना गरि क्रिकेटलाई अगाडि लगेका थियौं ।नेपालमा विभिन्न कारणले  राष्ट्रिय टिममा स्थान नपाएका सुरज  आज उनको लगाव, मिहिनेतले आज सार्थकता पाएको कप्तान अर्याल बताउँछन् ।

नेपालको क्रिकेटमा राजनीतिक,आफ्नाको पहुँच लगाए विभिन्न कारणले आफ्नो भबिस्य नदेखिएकोले माल्टा आएको  सुरज दराई बताउँछन् । क्रिकेटको खोजीमा लाग्दा जिरा युनाइटेड क्लब माल्टाका कप्तान  भुवन अर्याल लगाएको टिमको सक्रियता, हौसलाको कारण आज यस स्थानमा आइपुगेको भन्दै क्रिकेटर दराईले आफ्नो टिम लगाएत नेपाल र नेपालीको गौरवलाई जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै  अघि बढ्ने बताए ।

नेपाल टि २० विश्वकपमा  समेत छनौट भैसकेको अबस्थामा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले जित पनि हात पारिरहेको छ । क्रिकेटले अन्तराष्ट्रिय स्तरमा नेपालको सान बढाउँदै लगेको छ। बैदेशिक रोजगारीको क्रममा १ बर्ष अघि मात्र माल्टा आएका सुरज माल्टामा पनि क्रिकेट खेलेरै विभिन्न उपाधी जितिसकेका छन् । नेपालमा हुँदा सुरजले रुपन्देहीको घरेलु प्रतियोगिता मात्रै नभएर राष्ट्रिय स्तरको विभिन्न लिगहरुमा समेत सहभागिता जनाएका थिए । उनले एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग लगायतका प्रतियोगितामा भाग लिएर आफ्नो खेल कौशल देखाईसकेका थिए । नेपालमा पुर्व कप्तान पारस खडका, सरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी लगायतका खेलाडीको कप्तानीमा सुरजले विभिन्न प्रतियोगिता खेलिसकेका छन् । उनी ट्यालेन्ट हन्टको राउन्ड वानमा समेत पुगेर बाहिरिएका थिए ।

युरोपियन  सिरिज  टि १०अन्तर्गतको  साइप्रस र माल्टाको घरेलु टोली  बीच आज हुने क्रिकेट खेलमा समेत  सुरज दराई खेल्नेछन् ।

Share:

सम्बन्धित समाचारहरू