नेपाली उत्कृष्ट फिल्म ‘पिताम्बर’ १९ तारीख माल्टामा प्रदर्शन हुँदै

Share:

माल्टा नेपाल अनलाइन सम्बाददाता

नेपालको सामाजिक यथार्थलाई गहिरो रूपमा उतार्दै दर्शक र समीक्षकको मन जित्न सफल नेपाली चलचित्र ‘पिताम्बर’ अब प्रवासी नेपाली दर्शकहरूसमक्ष माल्टामा प्रदर्शन हुँदैछ।

 

चलचित्र यही अप्रिल १९ तारीख  सेंट जुलियन्सस्थित इडेन सिनेमाजमा राति १०:४५ बजे प्रदर्शन हुनेछ । यो फिल्म हेर्नका लागि प्रति व्यक्ति १२ युरोको टिकट रहेको छ । फिल्म हेर्नका लागि लागि सिधै तलको लिङ्क बाट बुकिङ गर्न सकिने सामाजिक संजाल मार्फत मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले जनाकारी दिएका छन् ।
माल्टामा उत्कृष्ट मनोरञ्जनात्मक फिल्म प्रदर्शन गर्दैआएको मग्वार्ट प्रोडक्सन माल्टावासी नेपालीहरुको मनोरञ्जनको हिस्सा बनेको छ । त्यसैले दर्शकको चाहाना अनुसार यो फिल्म पनि माल्टामा प्रदर्शन गर्न लागिएको प्रोडक्सन संयोजक लामिछाने बताउछन् ।
नेपालमा व्यापक चर्चा र प्रशंसा संगै उत्साहजनक प्रदर्शन भइ रहेको फिल्म ‘पिताम्बर’ले नेपाली समाजमा व्याप्त भ्रष्टाचार, अन्याय, सत्ता र शक्तिको दुरुपयोग जस्ता गम्भीर विषयहरूलाई पर्दामा बलियो रूपमा प्रस्तुत गरेको छ। मुख्य पात्र ‘पिताम्बर’ले आमाको प्रतिष्ठा जोगाउन सत्ता र अपराधी संरचनासँग गर्ने संघर्षलाई चलचित्रले भावनात्मक र यथार्थपूर्ण ढंगले चित्रण गरेको छ।

फिल्मले नेपालमा प्रदर्शन पछि समीक्षकहरूबाट प्रशंसा मात्र होइन, बक्स अफिसमा पनि राम्रो सफलता हासिल गरेको थियो। प्राज्ञिक समालोचकदेखि युवा दर्शकहरूसम्मको मन छुने कथा र अभिनयका कारण ‘पिताम्बर’लाई वर्षको उत्कृष्ट सामाजिक चलचित्रमध्ये एक भनेर मानिएको छ।
मर्ग्वट प्रोडक्सनले नेपाली समुदायबीच भाषा, संस्कृति, कला र सिनेमा प्रवर्द्धन गर्ने उद्देश्यले यो चलचित्र माल्टामा ल्याएको हो।

आयोजकका अनुसार चलचित्रको माध्यमबाट प्रवासी नेपालीलाई नेपाली समाजको यथार्थप्रति पुन: जगेर्ना गर्न र सामाजिक सचेतनामा टेवा पुर्‍याउन प्रेरित गर्न खोजिएको छ।

Share:

सम्बन्धित समाचारहरू