माल्टाका गृहमन्त्री र एनरानए युरोप युवा संयोजक बीच भेटबार्ता

Share:

गैर आवासीय नेपाली संघ माल्टाका महासचिब सन्देश के सी, लेखा समिती संयोजक राजेन्द्र भण्डारी र यूरोप युवा संयोजक प्रकाश भण्डारीको डेलिगेसन सहित माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरी सँग भेटघाट तथा छलफल भेटघाट भएको छ। माल्टामा पहिलोपटक ईतिहासमा पहिलो पटक माल्टा सरकारका गृह मन्त्री सगं नेपालीहरुको समस्या र समाधानको खोजिको बिषयमा छलफल भएको हो ।उक्त भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आई पर्ने समस्या र समाधानको विषयमा छलफल गरेका छन माल्टा सरकारले ल्याएको नयाँ नियम(Skill Card) , हाम्रा विभिन्न समयमा आई पर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दीने टाईम को दायरा खुल्ला बनाउने,इमिग्रेसन,आइडेन्टिटा, लाईसन्सको डेट र लिखीतमा नेपाली टार्नस्लेट सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसन का बारेमा कुराहरु राखेका थिए। साथै उत्त कुराहरुलाई उनले आफ्नो तर्फबाट सम्मोदन गर्ने आश्वासन दिनुएको छ। नेपाल सरकारको राजदुताबासबारे उहाको जिज्ञासा र माल्टामा रहेका नेपलीहरुको आबश्यक्ता बारे चासो ब्यक्त गर्नुका साथै छ छिट्टै नै माल्टाका आधिकारीक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न उनले सहयोग गर्ने प्रतिबध्दता जनाएको छ ।आशा भरोसाका साथ नेपालीहरुको समस्यालाई   कुराहरुको चाँडै नै सम्मोदन हुनेमा बिश्वासका लिएको छ । साथै गृहमन्त्रीले आफ्नो बहुमुल्य  समय दिएकोमा र गृहमन्त्री  क्यामिलेरी लाई  धन्यबाद दिनुका।साथै छिट्टै  माल्टा सरकारका प्रधानमन्त्री संग पनि भेटघाटको तालिका तय गर्ने कुरा जानकारी दिएका छ्न।

Share:

सम्बन्धित समाचारहरू