संसदीय इतिहासकै सर्वाधिक मतका साथ बालेन शाह झापा–५ बाट विजयी

Share:

माल्टा नेपाल अनलाइन डेस्क / संसदीय निर्वाचनको इतिहासमै सर्वाधिक मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ झापा क्षेत्र नम्बर ५ बाट विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाएका छन्। यससँगै दुवै उम्मेदवारबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ।
यसपटकको निर्वाचनमा झापा–५ सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र बनेको थियो। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीसँगको प्रतिस्पर्धालाई लिएर देशभर चासो बढेको थियो।
इन्जिनियर तथा पूर्व र्‍यापरका रूपमा परिचित बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि राष्ट्रिय राजनीतिमा व्यापक चर्चा कमाएका थिए।

Share:

सम्बन्धित समाचारहरू