अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले गर्यो विभिन्न विभागहरु गठन

Share:

माल्टा नेपाल अनलाइन डेस्क / अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले  विभिन्न ७ वटा विभागहरु गठन गरेको छ । सूचना तथा संचार विभाग सहित ३९ औं देशबाट ६९ सदस्यिय विभागीय समिति तथा २ जना सल्लाहकार चयन गरिएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले बताए । त्यसैगरी अनुशासन तथा मूल्यांकन समिति विभाग, साँस्कृतिक विभाग समिति, फुड डेभ्लब्मेन्ट विभाग समिति, राहत तथा उद्धार विभाग समिति , संघसंस्था समन्वय समिति विभाग, प्रोजेक्ट डेभलपमेन्ट विभाग समिति गठन गरिएको अधिकारी बताउँछन् ।

सूचना तथा संचार विभागको प्रमखमा पत्रकार धनराज विक अविरल चयन भएका छन भने उपप्रमुख सुमन पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यमा सन्तोष बुढाथोकी, कुमार तिमिल्सिना, राजाराम बस्नेत, लिलाबहादुर कुँवर (अनिल) खम बहादुुर थापा, गोपाल भट्टराई, सुवास खड्का र युवराज तामाङ चयन भएका छन् । अनुशासन तथा मूल्यांकन समिति विभागमो प्रमुखमा सरोज थापा, उपप्रमुखमा कृष्णहरी थापा चयन भएका छन् । त्यसैगरी सदस्यमा क्रमशः गिरीराज भट्ट, तोम खनाल, प्रकाश कँडेल, गोपाल तिमिल्निा, रामकुमार जोशी, अमृतमान सुवेदी, बासुदेव भुसाल, राकेश थापा र सन्तोष पन्त चयन भएका छन् ।

साँस्कृतिक विभाग समितिको प्रमुखमा सागर तामाङ, उपप्रमुखमा प्रदिप तामाङ चयन भएका छन् । सदस्यमा क्रमशः गोपाल बहादुर परियार, श्याम बहादुर लामगाते, चक्र मगर, लोकेन्द्र ठक्रान्ती र पल्लाद केसी रहेका छन् भने सल्लाहकारमा सरोज बिष्ट र कमल थापा चयन भएका छन् । फुड डेभ्लब्मेन्ट विभाग समितिको प्रमुखमा एल.बी. कौशल र उपप्रमुखमा बिनोद सोनी चयन भएका छन् । सदस्यमा क्रमशः ह्युमन लिम्बु, मेहन्द्र श्रेष्ठ, बेद अधिकारी, सुरेन्द्र दास, लिला आले मगर, डिबी कार्कीै, कर्ण बुढाथोकी, राजन भण्डारी, सुमित रिजाल, मदन सिमखडा, खिम बराल, भरत सुनार, अमरदिप कार्की, यज्ञबहादुर घर्तिमगर, ईश्वर पन्त र समिस बुढाथोकी रहका छन् ।

राहत तथा उद्धार विभाग समितिको प्रमुखमा शर्मानन्द न्यौपाने, र उपप्रमुखमा लक्षमण सापकोटा चयन भएका छन् । सदस्यहरुमा क्रमशः बसन्त राई, प्रकाश बुढाथोकी, धुर्ब पाण्डे, जितबहादुर थापा, अरुण तामाङ र तड्प उप्रेती चयन भएका छन् । संघसंस्था समन्वय समिति विभागको प्रमुखमा बेद प्रकाश अर्याल, उपप्रमुखमा रवि अर्याल चयन भएका छन् । सदस्यमा क्रमशः नबिन चौलागाई, विश्व खड्का र गिरीराज भट्ट रहेका छन् । त्यसैगरी प्रोजेक्ट डेभलपमेन्ट विभाग समितिको प्रमुखमा युवराज तामाङ, उपप्रमुखमा सुकदेव पन्त चयन भएका छन् । सदस्यहरुमा क्रमशः सुन्दर घिमिरे, बिष्णु खत्री, राजुखिम सिंह परियार, सुदर्शन नेगी तामाङ, बर्दी बिक्रम थापा, खुम गाह र नारायण गिरीलाई चयन गरेको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका महासचिव दीपक कार्कीले बताए ।

Share:

सम्बन्धित समाचारहरू