एनआरएनएका अध्यक्षका उम्मेदवार आरके शर्माले ४० देश पुगेर योजना सुनाए

Share:

गैर आवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष पदका उमेदवार आरके(राजेन्द्रकुमार)शर्मा युरोप भ्रमण सकेर मध्यपुर्वको दुबई आईपुगेका छन्। चुनावी अभियानस्वरुप युरोप पुगेका शर्मा युरोपका विभिन्न देश र त्यहास्थीत गैर आवासीय नेपालीहरुले आयोजना गरेका विभिन्न छलफल, भेटघाट, र अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आफ्नो कर्मभूमि मध्यपूर्वको दुबई आइपुगेका हुन्।

दुबईमा गैरआवासीय नेपाली संघ(एनआरएनए) उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उमेदवार शर्मालाई दुबईमा त्यहास्थीत गैर आवासिय नेपालीहरुले भव्य स्वागत गरेका छन्। शर्मा गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए। युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन्। दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन्। अध्यक्षको उम्मेदवारी शर्माले आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले  केही महिना भित्र ४० वटा देशको भ्रमण गरेका छन्।

असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदैछ। काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन्। अध्यक्षका प्रत्याशी शर्मा बहराईन पछी चेक रिपब्लिक, डेनमार्क, जर्मनी हुदै पोर्चुगल , स्पेन ,माल्टा ,ईटाली र फ्रान्सका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएका थिए । बाध्यताले परदेशिनु परेका गैर आबासीय नेपालीको पीडा नै मेरो पीडा हो यसको निदानमा लाग्नु मेरा परम दायित्व हो – आर के शर्मा गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके) शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन् । एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिंडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन् ।

Share:

सम्बन्धित समाचारहरू