रोजगारीको लागि बिदेशमा  रहेकाले  सामाजिक सुरक्षा कोषमा आईएमई रेमिटमार्फतरकम जम्मा गर्न सक्ने

Share:

काठमाण्डौ–रोजगारीको लागि  बिदेशमा रहेका नागरिकले सामाजिक सुरक्षा कोषमा आईएमई रेमिटमार्फत रकम जम्मा गर्न सक्ने भएका छन् ।

कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफ्नो सामाजिक सुरक्षा नम्बरका आधारमा आईएमई रेमिटमार्फत कोषमा रकम जम्मा गर्न सक्ने भएका हुन् । आफ्नो सामाजिक सुरक्षा नम्बर लिएर रेमिटमा गई  सामाजिक सुरक्षा कोषमा आफ्नो  रकम जम्मा गर्न सकिने कोषका निर्देशक डा. रोशन कोजु बताउँछन् । कोषले विदेशमा रहेका जुनसुकै रेमिटहरूले पनि रकम जम्मा गरिदिन सक्ने गरी अनलाइन प्रणालीको विकास गरेको छ। तर अहिले कोषको प्रणाली अनुसार आईएमई रेमिटले सबै प्रक्रिया पूरा गरी काम थालेको निर्देशक डा. कोजुले जानकारी दिए।

रकम जम्मा भए नभएको जानकारी कोषको अनलाइन प्रणालीमार्फत जाँच गर्न सकिन्छ उनले भने । उनका अनुसार छिट्टै विदेशमा रेमिट्यान्स पठाउने सुविधा दिइरहेको धेरैजसो रेमिट कम्पनीमार्फत कोषमा रकम जम्मा गर्न सकिने गरी व्यवस्था गरिनेछ।

Share:

सम्बन्धित समाचारहरू