युरोप को माल्टामा मिस माल्टा २०२३ का विजेता हरुले माल्टा को बुजिब्बा मा रहेको हिमालय रेस्टुरेन्टमा किंग नेवारी खाजा सेट को उद्घाटन गरेका छन् उद्घाटन कार्यक्रममा मिस माल्टा २०२३ का विजेता सरिस स्पेटेरी सहित मिस माल्टाका टप ५ रनरअप कृस्स्यन बोर्च , सनिस बोर्च,एलेक्स्सिया कुचारिया, लेक्सिन फरुजा, एसमिन एटुरल , करोलिना बोर्दियान
साथमा मिस माल्टाका कोरियोग्राफर सुजित बस्याल पनि सहभागी भएका थिए कार्यक्रमको क्रममा मिस माल्टा २०२३ का विजेता सरिश स्पेतरि ले हिमालय रेस्टुरेन्ट परिवारले आफू हरुलाई निमन्त्रणा गरेर नेपाली खाना को उद्घाटन गर्ने अवसर दिएकोमा हिमालय रेस्टुरेन्ट सञ्चालक डी एस राणालाई धन्यबाद दिनुका साथै आफू सहितको टीम यही २०२४ भित्र नेपाल भ्रमण गर्ने बताएका थिए आफू हरुलाई नेपाल चिनाउन र नेपालको विषयमा धेरै कुरा जानकारी दिनु भएकोमा सुजित बस्याल लाई पनि धन्यबाद दिएका थिए उद्घाटन कार्यक्रममा माल्टामा रहनु भयका व्यवसायी नेपाली साथै विदेशी हरुको उल्लेखनीय मात्रामा उपस्थित भयको थियो कार्यक्रम को अन्तिममा सञ्चालक डी एस राणा ले मिस माल्टा लगायत सम्पूर्ण रेस्टुरेन्टमा उपस्थित पाहुना हरुलाई धन्यबाद दिदै आफूले पैसा कमाउन भन्दा पनि विदेशी हरुलाई नेपाली खानाको स्वाद चखाउँदै नेपाली खानाको विश्वव्यापी गर्नको लागि टेवा पुगोस भन्ने सोचको साथ यो अभियानको रूपमा अगी बढ्ने बताएका छन्
