मन्त्र ब्यान्डको कन्सर्ट जुलाई ६ मा माल्टामा आयोजना हुने

Share:

माल्टा नेपाल अनलाइन संवाददाता / मन्त्र ब्यान्डको कन्सर्ट जुलाई ६ मा माल्टामा आयोजना हुने भएको छ । एभरेस्ट एन्टरटेनमेन्ट माल्टाको आयोजनामा मन्त्र ब्यान्डको कन्सर्ट आयोजना हुन लागेको संचालक दिनेश कार्कीले बताएका छन् ।

पहिले नै गर्ने भनिएको कन्सर्टको प्राविधिक समस्याले मिति परिवर्तन गरी आमागी जुलाई ६ मा मन्त्र ब्यान्डको कन्सर्ट आयोजना गर्नको लागि सम्पूर्ण तयारी पूरा भएकोले माल्टामा रहेका सबै नेपालीलाई सांगीतिक मनोरन्जन लिनको लागि कार्कीले अनुरोध गरेका छन् ।

माल्टामा हुने मन्त्र ब्यान्डको कन्सर्टमा पूर्ण राई र दाजुभाइहरु ब्यान्डले पनि उत्कृष्ट प्रस्तुति दिने भएका छन् । पहिले हुने भनिएको कन्सर्टको लागि टिकट लिएकाहरुका लागि जुलाई ६ मा हुने कन्सर्टमा काम गर्ने र टिकट नपलिएकाहरुले समयमा टिकट लीन समेत कार्कीले आग्रह गरेका छन् ।

युएनओ माल्टामा हुने कन्सर्ट रातीको ८ बजेबाट संचालन हुने भएको छ । कन्सर्टमा मन्त्र ब्यान्डको नेपाली रक संगीतको जोडदार प्रस्तुति रहने भएको छ । त्यसैगरी पूर्ण राई र दाजुभाइहरु ब्यान्डले लोक र आधुनिक संगीतको प्रस्तुुति दिने भएका छन् ।

Share:

सम्बन्धित समाचारहरू