माल्टा नेपाल अनलाइन डेस्क
लोक गायक तथा संगीतकार खेम सेन्चुरी सांगीतिक प्रस्तुतिका लागि युरोपको माल्टा आएका छन् ।
गायक तथा संगीतकार खेम सेन्चुरी संगै मोडल ओबी रायमाझी झन्डै १ महिना लामो ‘रमाइलो युरोप टूर’ अन्तर्गत माल्टा आएका हुन् । उनीहरुलाई माल्टामा रहेका नेपालीहरुले स्वागत गरेका हुन् ।

मगर समाज माल्टाको आयोजना कार्यक्रमको आगामी २७ डिसेम्बरमा हुनेछ। ‘बीबी इभेन्ट’ ले पहिलो पटक आयोजना गर्न लागेको यो सांगीतिक टुर डिसेम्बर महिनाभर रहने बताइएको छ।
सेन्चुरी ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनका कोच समेत हुन् । उक्त कार्यक्रम २० डिसेम्बरमा पोर्चुगलको लिस्बन,२१ डिसेम्बरमा फ्रान्स, २२ डिसेम्बरमा नर्वे, २३ डिसेम्बरमा फिनल्याण्ड, २४ डिसेम्बरमा चेक रिपब्लिक, २८ डिसेम्बरमा ग्रीसको एथेन्स र २९ डिसेम्बरमा बेल्जियममा उनीहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।



