माल्टा । माल्टा प्रहरीले हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । घटना भएको ३ घण्टाभित्रै अभियुक्त पक्राउ परेका छन् । रवातका २७ वर्षिय एरिक बोर्गलाई गोली हानी अभियुक्त भागेका थिए ।
दिउसो साढे ३ बजे त्रिक फिडलोक्कोममा घाइते अवस्थामा बोर्ग भेटिएका थिए । उनमाथी दुई गोली लागेको थियो । समाचार संस्था टाइम्स अफ माल्टाका अनुसार हत्या भएका व्यक्तिको घर घटनस्थलबाट नजिकै पर्छ । ज्यान गुमाएका व्यक्तिको अर्को व्यक्तिसँग झगडा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका व्यक्तिको नाम, ठेगाना सार्वजनिक गरिएको छैन ।
प्रहरी प्रवक्ता ब्रान्डन पिसानीले घटनाबारे छानविन भैरहेको पत्रकार सम्मेलमा जानकारी दिए । उनले आक्रमणकारीलेनै गोली चलाएको हुनसक्ने बताए । कथित सुटरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । नयाँ वर्षको पहिलो दिनमै हत्या भएपछि माल्टाको प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
ज्यान गुमाएका बोर्ग क्याब ड्राइभर रहेको माल्टा टुडेले समाचारमा लेखेको छ । यसअघि माल्टामा अक्टोबर महिनामा मार्सामा ग्यारेजमा ७३ वर्षिय पुरुष र उनका ५६ वर्षिय साथीको हत्या भएको थियो ।
(मृतक एरिक बोर्ग, तस्विर: सामाजिक सन्जाल)



